राष्ट्रिय स्क्वास टोलीका प्रशिक्षक हीरा थापा कोरोनामुक्त
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ग्रसित भएका राष्ट्रिय स्क्वास टोलीका प्रशिक्षक हीरा थापा कोरोनामुक्त भएका छन् ।
उनी २४ दिनपछि कोरोना मुक्त भएका हुन् । उनले सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत कोरोना मुक्त भएको बताएका हुन् । थापालाई गत साउन २५ गते कोरोना संक्रमण देखिएको थियो । उनी कोरोना संक्रमणपछि सेल्फ आइसोलेसनमा थिए ।
“आज बिहान मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ र म परिवारसँगै घर फर्किएको छु । तर अझै केही दिन सेल्फ आइसोलेसनमा रहनेछु । म आइसोलेसनमा रहेको बेला कुनै पनि लक्षण देखिएको थिएन । मेरो स्वास्थ्यलाभका लागि प्रार्थना गरिदिने सबैलाई धन्यवाद,” उनले फेसबुकमा लेखेका छन् ।