P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

राजश्व संकलनका लागि बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, भदौ २३ । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकहरुका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले एक विज्ञप्ति जारी गरी राजस्व संकलनका लागि मंगलबारदेखि विहीबारसम्म राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा–काउण्टर खोल्न निर्देशन दिएको हो ।

राजस्व संकलन गर्ने एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकालगायत कतिपय जिल्लाका स्थानीय तहमा निषेधाज्ञा जारी रहेका कारण सिमित संख्यामा मात्रै बैंकका शाखाहरु सञ्चालनमा छन् ।

यसैबीच, व्यवसायीहरुले भने लामो समय बन्दाबन्दी रहेकाले अन्तः शुल्क, आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने समयावधि बढाउन सरकारसँग माग गरेका छन् ।

यसअघि व्यवसायीहरुले प्रधानमन्त्री केपी ओलीसँग आइतबार भएको छलफलमा पनि भ्याट तथा कर तिर्ने समयावधि बढाउन आग्रह गरेका थिए ।प्रतिक्रिया दिनुहोस्

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
गगन थापाले कार्यभार सम्हाल्ने भएपछि मुख्यसचिव पौडेलले दिए राजीनामा
निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal