P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

कोरोनाभाइरसः इजराइलद्वारा पुनः देशैभरी लकडाउनको घोषणा

  • प्रकाशीत मिती

    भदौ २९, काठमाडौं ।

एजेन्सी। कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि इजराइलले पुनः देशभरी लकडाउनको घोषणा गरेको छ । यहूदी नयाँ वर्षदेखि नयाँ प्रतिबन्ध लागू हुनेछ ।

इजराइलमा दोस्रो लकडाउन शुक्रबारदेखि सुरु हुनेछ र तीन हप्तासम्म चल्नेछ ।

प्रधानमन्त्री बिन्यामिन तेनन्याहूले यो कदमको आफूहरुले भारी मूल्य चुकाउनु पर्ने बताएका छन् । इजराइलमा अब दैनिक चार हजारको हाराहारीमा संक्रमित भेटिएका छन् ।

लकडाउन यस्तो समयम लगाइँदै छ जब यहूदीको महत्वपूर्ण चाड आउँदै गरेको छ । यो लकडाउनको विरोधमा एक मन्त्रीले राजीनामा दिएका छन् र सत्ताधारी गठबन्धनबाट आफ्नो पार्टीको समर्थन फिर्ता लिने धम्की दिएका छन् ।

जोन्स होपकिन्स विश्वविद्यालयको आँकडा अनुसार करिब ९० लाखको जनसंख्या भएको इजराइलमा कोभिड–१९ का कारण ११ सय ८ को मृत्यु भइसकेको छ र १ लाख ५३ हजारभन्दा बढी संक्रमित पहिचान भइसकेको छ । पछिल्लो हप्तामा संक्रमितको संख्यामा तीब्र वृद्धि भइरहेको छ ।

नयाँ प्रतिबन्ध कस्तो हुनेछ ?

आइतबार एक टिभी सम्बोधनमा प्रधानमन्त्रीले दैनिक चार हजार संक्रमित भेटिएको बताएका छन् ।

दोस्रो लकडाउन इजराइलका लागि महँगो साबित हुने अनुमान गरिएको छ । यसअघि मार्चको अन्त्यदेखि मेको सुरुवातसम्म पहिलो लकडाउन लगाइएको थियो ।

नयाँ प्रतिबन्ध अनुरुपः

– १० भन्दा बढी व्यक्ति कोठाभित्र भेला हुन नपाउने र बाहिर २० भन्दा बढी व्यक्ति भेला हुन पाउने छैनन् ।

– स्कूल र सपिङ सेन्टर बन्द गरिनेछन् । मानिसहरु आफ्नो घर भित्र ५ सय मिटरको दुरीमा बस्नुपर्नेछ । काममा जानेहरुका लागि विशेष छुट दिइनेछ ।

– गैर सरकारी कार्यालय र व्यवसाय खुल्ला गर्न सकिन्छ तर ग्राहक भने जान पाउने छैनन् ।

– यद्यपि, सुपरमार्केट र औषधीका पस

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
काठमाडौँमा राष्ट्रिय ‘जलवायु सप्ताह आयोजना हुने’
इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट
नेपाल–भारत थिंक ट्यांक फोरम’ सम्पन्न
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान
अब अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागबाटै हुने

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal