P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

यी हुन् संसारका धनी फुटबलर, मेस्सीले उछिने रोनाल्डोलाई

  • प्रकाशीत मिती

    भदौ ३०, काठमाडौं ।

 अर्जेन्टिनी फुटबलर लियोनल मेस्सी सर्वाधिक पैसा कमाउने फुटबलरमा दरिएका छन् ।

संसारका धनीहरुको विवरण राख्ने म्यागेजिन फोर्ब्सका अनुसार बार्सिलोनाका मेस्सीले युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै शीर्ष स्थान हत्याएका हुन् ।

यी दुई फुटबलरबीच सबैजसो विषयमा प्रतिष्पर्धा भइरहँदा धन संकलनमा पनि उछिनाउछिन हुने गरेको छ ।

फोर्ब्सका अनुसार मेस्सीको अनुमानित वार्षिक आय १२६ मिलियन अमेरिकी डलर छ जबकी रोनाल्डोको ११७ मिलियन डलर रहेको छ ।

तेस्रो स्थानमा रहेको पेरिस सेन्ट–जर्मेन (पिएसजी) का नेइमारले यी दुईलाई पछ्याइरहेका छन् । उनको वार्षिक आय ९६ मिलियन डलर रहेको ऊक्त पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ ।

सन् २०१९ मा पनि यी तीनै जना शीर्ष स्थानको यही सूचीमा रहेका थिए । तर यस पटक चौथो स्थान भने तीन स्थानमाथि उक्लिएर पिएसजीकै केलियन एमबाप्पेले हत्याएका छन् ।

उनी ४२ मिलियनसहित चौथो स्थानमा रहँदा लिभरपुलका मोहम्मद सालहले ३७ मिलियनसहित पाँचौँ स्थान ओगटेका छन् ।

छैटौँ स्थानका म्यानचेस्टर युनाइटेडका पउल पोग्बाको ३४ मिलियन र सातौँ स्थानका बार्सिलोनाका एन्टोनी ग्रिजम्यानको ३३ मिलियन, आठौँ स्थानका रियल मड्रिडका ग्यारेथ बेलको २९ मिलियन, नवौँ स्थानका बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीको २८ मिलियन र दशौँ स्थानका म्यानचेस्टर युनाइटेडका डेविड डी जियाको २७ मिलियन डलर वार्षिक आय रहेको फोर्ब्सले जनाएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal