P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

प्रधानमन्त्री ओली र सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

  • प्रकाशीत मिती

    कात्तिक २१, काठमाडौं ।

काठमाडौं । भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेले प्रधानमन्‍त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । तीनदिने नेपाल भ्रमणका लागि काठमाडौंमा रहेका नरवणे आज बिहान हिमाल अवलोकनका लागि सेनाको हेलिकप्टरमार्फत स्याङ्बोचे पुगेका थिए ।

यसअघि हिजो (बिहीबार) नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिह्‌न लगाएका थिए । नेपाल-भारत दुवै मुलुकका सेना प्रमुखलाई एक-अर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ । जसअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २८ पुस २०७५ मै भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्‍न लगाइसकेका छन् ।

यस्तै हिजो नरवणेले सैनिक मञ्‍च टुँडिखेलस्थित वीर स्मारकमा पुगेर सहिदप्रति श्रद्धाञ्‍जली अर्पण गरेका थिए । उनको नेपाल भ्रमणको आज अन्तिम दिन हो । उनले आज सैनिक स्टाफ कलेज, शिवपुरीमा शिक्षार्थीहरुसँग अन्तर्क्रिया गर्नेछन् । केहीबेरमा भारतीय सेनाकै विमानबाट उनी स्वदेश फर्किने कार्यक्रम छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal