P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

कार्यकर्तालाई पार्टी नफुट्ने आश्वस्त पार्दै जिल्ला नेता

पाँचथर । विभाजन हुने पटक-पटकका चर्चामाँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा विवाद झनै बल्झँदो छ । जिल्लामा भने नेताहरु गाउँ–गाउँ पुगेर कार्यकर्तालाई पार्टी नफुट्ने कुरामा आश्वस्त पार्न व्यस्त छन् ।

कार्यकर्तामा निराशा पैदा हुन नदिन जिल्लामा केन्द्रीय सदस्यदेखि प्रदेश र जिल्लाका विभिन्न तहका नेता कार्यकर्तामाँझ ‘यस्ता विवाद बेला बखत आइरहने भए पनि विभाजनको तहमा नपुग्ने’ भनेर कार्यकर्तालाई सम्झाउँदै छन् ।

आज जिल्लाको याङवरक गाउँपालिका वडा नं। ३ वडा कमिटीले आयोजना गरेको शुभकामना आदान—प्रदान कार्यक्रममा पुगेका जिल्ला अध्यक्ष राजकुमार भण्डारीले विवाद हुँदैमा पार्टी नफुट्ने भनेर कार्यकर्तालाई सम्झाए । फिदिमबाट ओयाम पुग्नुअघि भण्डारीसहितको टोलीलाई हिलिहाङ र याङवरकका कार्यकर्ता वीच बाटोमै भेटेर पार्टी फुट्ला कि नफुट्ला भन्ने प्रश्न गरे । 

जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका नेकपाका जिल्ला सचिवालय सदस्य विष्णुप्रसाद सापकोटाले ठूलो आशा र अपेक्षा गरेका कार्यकर्तामा ठूलो चासो र चिन्ता देखिनु सामान्य भएको बताए । केन्द्रमा देखिएका विवाद हल भई पार्टी पुनः क्रियाशील एवं सशक्त हुनेमा आफूहरु विस्वस्त रहेको बताउँदै सापकोटाले कार्यकर्तालाई सम्झाउने प्रयास गरे । 

पछिल्ला केही दिनमा करिब आधा दर्जन वडाका कार्यकर्तालाई भेट्नुभएका नेकपाका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले आम कार्यकर्ता पार्टी विभाजनको विपक्षमा रहेको बताए ।

कम्युनिष्ट पार्टी र द्वन्द्वात्मक भौतिकवाद मान्ने सङ्गठन भएकाले बहसमै विभाजन हुन्छ भन्ने भ्रम नराख्न आफूहरुले आग्रह गर्दै आएको नेम्वाङको भनाइ छ । 

आम कार्यकर्ताले अन्तर पार्टी निर्देशनमा विश्वास गर्नुपर्ने र विभिन्न उदेश्यका साथ आउने प्रायोजित विषयहरुमा विश्वास गर्न नहुने नेम्वाङको ठम्याइ छ ।

विशेषतः स्थानीय तहमा पराजित भएका स्थानका कार्यकर्ताले विभाजनका हल्लाबारे ठूलो चाँसो र चिन्ता व्यक्त गर्ने गरेका छन् । गाउँपालिकाको नेतृत्वमा तत्कालीन नेकपा (एमाले) विजयी भए पनि आफ्नो वडामा तत्कालीन दुवै दल मिल्दासमेत पराजित हुनुपरेको पीडा आज याङवरक—३ ओयामका नेकपा कायकर्तामा देखिन्थ्यो । 

“हिँजो हामी मिल्दा पनि वडामा पराजित हुँदा अहिले आम कार्यकर्ता चिन्तित छन् र अब जसरी जित्नुपर्छ भन्ने चाहन्छन्”, नेकपा वडा कमिटीका अध्यक्ष अनिश सेलिङले भने । 

सभाहलभरी खचाखच भरिएका कार्यकर्ताको उत्सुकता मेट्न उपस्थित कार्यकर्ता नेताले निकै गहन विषय बोलिरहँदा काठमाडौँका हरेक खबरमा अपडेट छन् । आम कार्यकर्ता सधैँ नेताहरुले पार्टी र देशको हित हुने सन्देश ल्याउन भन्ने चाहना राखेर बस्ने गरेको आफूले पाएको नेकपा याङवरक गाउँपालिका कमिटीका अध्यक्ष नरबहादुर गुरुङको भनाइ छ । 

उक्त कार्यक्रममा याङवरक गाउँपालिकाका उपाध्यक्ष रहनुभएकी नेकपा जिल्ला सचिवालय सदस्य कमलकुमारी योङहाङले जनताका आवश्यकता पूरा गर्न कार्यकर्ता सधैँ खरो उत्रनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेकपा याङवरक गाउँपालिका कमिटीका सचिव महेन्द्र योङ्याले विपक्षीले रोक्दैमा नेकपा नरोकिने र सबै स्थानमा विजय हाँसिल गर्नेगरी गतिविधि गर्ने बताए । 

नेकपाका जिल्ला कमिटी सदस्यद्वय बाबा मेन्याङ्बो र रामकुमार योङहाङ, इलाम जिल्ला कमिटी सदस्य सन्धी शंकर, गाउँपालिका कार्यालय कमिटी सदस्य डिल्ली सुवेदी लगायत नेताको समेत उपस्थिति थियो । 

उक्त कार्यक्रममा अन्य पार्टी परित्याग गरी यहाँका पाँच जना नेकपामा प्रवेश गरेका थिए । 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
गगन थापाले कार्यभार सम्हाल्ने भएपछि मुख्यसचिव पौडेलले दिए राजीनामा
निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal