P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

आईपीएलको उपाधि मुम्बईलाई

  • प्रकाशीत मिती

    कात्तिक २६, बुधबार ।

काठमाडौं ।मुम्बई इन्डियन्सले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले उपाधि जितेको हो ।  दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली क्यापिटल्सले जितका लागि दिएको १५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १५७ रन पूरा गर्यो । 

मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ५ चौका र ४ छक्काको सहयोगमा ६८ रन बनाउन सफल भए ।  त्यस्तै इसन किसनले ३३ रन बनाउँदा क्विन्टन डी ककले २० रनको योगदान गरे । बलिङतर्फ दिल्लीका लागि अर्निच नोटरेजले दुई विकेट लिए । त्यस्तै कगिसो रबाडा र मार्कस स्टोइनिसले एक–एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाउन सफल भएको थियो ।  दिल्लीका लागि अ‍ैयर र पन्तले अर्धशतकीय पारी खेले । ५० बल खेलेका  कप्तान अ‍ैयरले ६ चौका र २ छक्काको सहयोगमा ६५ रन बनाए । त्यस्तै ३८ बल खेलेका पन्तले ४ चौका र २ छक्काको सहयोगमा ५६ रन बनाए । 

दिल्लीका लागि शिखर धावनले १५ रन बनाए । बलिङतर्फ मुम्बईका लागि टे«न्ट बोल्टले सर्वाधिक तीन विकेट लिए । त्यस्तै नथान कोट्रेलले दुई विकेट लिँदा जयन्त यादवले एक विकेट लिए ।  मुम्बईले लगातार दुई सिजन आईपीएलको उपाधि जितेको छ । सन् २०१९ मा चेन्नई सुपर किङ्सलाई पराजित गर्दै आईपीएलको उपाधि जितेको मुम्बईले यो सिजन दिल्ली क्यापिटल्सलाई हराउँदै उपाधि जितेको हो । 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal