P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

नेकपामा विभाजन रोक्न खबरदारी

दमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहको विवादले समाजवादोन्मुख मुलुक निर्माण हुने सुनौलो सपनामा सङ्कट उत्पन्न हुने जनाउँदै नेकपा शुक्लागण्डकी नगर कमिटी, तनहुँले विभाजन ल्याउने कार्य नगर्न खबरदारी गरेको छ । 

सो कमिटीले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज ज्ञापनपत्र पठाउँदै पार्टीको विवाद तत्काल समाधान गर्न माग गरेको हो । 

कमिटीले पार्टीका केन्द्रीय सदस्य आशा कोइरालामाफत् ओली र गण्डकी प्रदेश कमिटी सदस्य दुर्गा पराजुलीमार्फत् प्रचण्डलाई ज्ञापनपत्र पठाएको छ । ऐतिहासिक सङ्घर्षको उपलब्धिद्वारा पार्टीका आम कार्यकर्ता, समर्थक र जनतामा आएको उत्साहलाई अहिले देखा परेको विवादले गहिरो चोट पुर्याएको  ज्ञापनपत्रमा उल्लेख  छ । कमिटीले सो पत्र पार्टीका गण्डकी प्रदेश कमिटी अध्यक्ष हितराज पाण्डे र तनहुँ जिल्ला कमिटी अध्यक्ष केदार सिग्देललाई पनि ज्ञापनपत्र पठाएको छ । 

कमिटी अध्यक्ष मुक्ति तिमिल्सिनाले एकापसमा आरोपप्रत्यारोप त्यागेर वैचारिक हिसाबले अगाडि बढ्न नेतृत्व पङ्क्तिलाई आग्रह गर्दै आफूहरु विभाजनमा नलाग्ने स्पष्ट गरे । कमिटी सचिव परशुराम भण्डारीले अध्यक्षद्वयबीचको अन्तरविरोध नकरात्मक ढङ्गबाट अगाडि बढेकाले अन्तरविरोध त्याग्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको जानकारी दिए । 
 
केन्द्रीय कमिटी सदस्य कोइरालाले एकताको प्रक्रिया तलसम्म टुङ्गिन नपाउँदै पार्टी फेरि विभाजन हुने त होइन भन्ने आशङ्का बढेको अवस्थामा नगर कमिटीले पार्टीलाई ध्यानाकर्षण गराउनु सकारात्मक रहेको बताए । रासस

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
गगन थापाले कार्यभार सम्हाल्ने भएपछि मुख्यसचिव पौडेलले दिए राजीनामा
निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal