काठमाडौं । वेल्सले फिनल्यान्डलाई पराजित गर्दै नेसन्स लिग फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ । बुधबार राति घरेलु मैदान भएको खेलमा वेल्सले फिनल्यान्डमाथि ३-१ को जित निकालेको हो ।
वेल्सको जितका लागि ह्यारी विलसन, डानिएल जेमेज र केइफेर मुरेले एक एक गोल गरे । फिनल्यान्डका लागि टिमु पुक्कीले एक गोल फर्काएका थिए ।
खेलको १२औं मिनेटमा जेरे उरोनेनले सोझै रातो कार्ड पाएपछि फिनल्यान्ड १० खेलाडीमा समेटिएको थियो । २९औं मिनेटमा विलसनले गोल गरे । उनले ग्यारेथ बेलको पासमा गोल गर्दै वेल्सलाई पहिलो हाफमा १-० को अग्रता दिलाए ।
दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै जिमेजले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर गरे । तर, ६३औं मिनेटमा टिमुले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । ८४औं मिनेटमा मुरेले जेमेजको पासमा गोल गर्दै वेल्सलाई ३-१ को जित दिलाए ।
यस जितसँगै वेल्सले ६ खेलबाट १६ अंक जोड्दै समूह एचको शीर्ष स्थानमा रहँदै लिगको दोस्रो चरणमा प्रवेश गरेको हो । समान खेल खेलेको फिनल्यान्डले भने १२ अंक जोड्दै दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।