P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

कक्षा १२ को परीक्षा आजदेखि, कोरोना संक्रमित परीक्षार्थी पनि सहभागी हुन पाउने

  • प्रकाशीत मिती

    मंसिर ९ ,काठमाडौं ।

कक्षा १२ को परीक्षा आज (मंगलबार) देखि सञ्चालन हुँदै छ। राष्ट्रिय परिक्षा बोर्डका अनुसार अहिले बिहान ८ बजे सुरु हुने परीक्षामा ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदै छन्।

परीक्षाका लागि देशभर ४ हजार १ सय ५ वटा परीक्षा केन्द्र तोकिएका छन्।

परीक्षामा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क भएर सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षार्थीलाई आग्रह गरेका छन्।

राष्ट्रिय परिक्षा बोर्डले विद्यार्थी धेरै रहेका परीक्षा केन्द्रलाई स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन निर्देशन दिएको छ।

कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षा दिन सक्ने विद्यार्थीका लागि भने छुट्टै ठाउँको व्यवस्था गरिएको छ।

सैद्धान्तिकतर्फ कूल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो।

परीक्षा बोर्डका अनुसार ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा दिइनेछ।

गत वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण रोकिएको थियो। परीक्षा आउने १६ गते सकिनेछ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
अत्यधिक जाडोका कारण महोत्तरीका विद्यालय बन्द
दलमा आवद्ध शिक्षक, कर्मचारीलाई बर्खास्त गर्ने शिक्षा मन्त्री पुनको चेतावनी
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सचिवालय तोडफोड, बढायो कानुनी कारबाही प्रक्रिया
कर्णाली प्रदेशका स्थानीय तहका कर्मचारी आन्दोलित
नेपाल शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal