P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

चिनियाँ राजदूत याङ्छी र अध्यक्ष दाहालबीच भेटवार्ता

  • प्रकाशीत मिती

    मंसिर ९ ,काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक कलह बढेसँगैं नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीको सक्रियता पनि बढेको छ ।

केही समय अघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी यान्छीले आज अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको छ ।

प्रचण्डलाई भेट्न राजदूत याङ्छी सोमबार प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा छलफल भएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार यान्छीले पार्टी विवाद समाधानका लागि भूमिका खेल्न प्रचण्डलाई आग्रह गर्नुभएको थियो ।

प्रचण्डले जवाफमा आफू पार्टी एकताकै पक्षमा रहेको र हाल देखिएको समस्या समाधानको विकल्पको खोजीमै रहेको बताउनुभएको थियो ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले भने उहाँहरुबीच चीनका राष्ट्रपति सी जिनफिङको किताब हस्तान्तरण, चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीचको अन्तरसम्बन्ध तथा त्यसको पछिल्लो आयामबारे छलफल भएको बताउनुभयो ।

नेकपाभित्र विवाद बढ्दै जाँदा यसअघि मंसिर २ गते राजदूत यान्छीले प्रधानमन्त्री केपी ओलीसंग बालुवाटारमा भेट गर्नुभएको थियो ।

त्यसअघि बैशाखमा पनि नेकपाको विवाद उत्कर्षमा पुगेका बेला उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, प्रचण्ड लगायतका नेताहरुसंग छट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
गगन थापाले कार्यभार सम्हाल्ने भएपछि मुख्यसचिव पौडेलले दिए राजीनामा
निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal