मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मन कमजोर हुनेछ । व्ययस्थानको चन्द्रका कारण अनावश्यक कुरामा मन जानेछ । दिक्दार बन्ने र गैर जिम्मेवार बन्ने खतरा देखिन्छ । एक्लो महशुस हुनेछ । जुवा तास र जोखिमपूर्ण कार्यबाट धनको क्षय हुने समय भएकोले मनलाई शान्त बनाउन जरुरी छ । काममा मन जानेछैन ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
भाग्यस्थानको शुक्रले तपाईलाई केही राहत दिने प्रयाश गरेको छ । अष्टमस्थानमा पाप ग्रहसँग बुध रहनु र छैंटौ स्थानमा गुरुको प्रभावले स्वास्थ्यमा समस्या आउन सक्छ । शत्रुको प्रभाव रहेकोले सावधान भएर अघि बढ्नु पर्ने बेला छ । नयाँ प्रेम प्रस्ताव र दाम्पत्य जीवनमा सचेत भएर निर्णय लिनु होला ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
पञ्चमेश गुरु र कर्मस्थानको चन्द्रमाले तपाईलाई उर्जावान बनाइरहेकाछन् । शत्रु पराजित हुनेछन् । पिताको स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ने अवस्था छ । जीवन साथीको व्यवहारमा कुटिलता आउन सक्छ । धनस्थानको मालिक कर्मस्थानमा रहेकोले अत्याधिक परिश्रमले मात्र धन आर्जन हुनसक्छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भाग्यस्थानको चन्द्रले सकारात्मक प्रभाव दिइरहेको छ । सन्तान भावको मंगलले सन्तानको पक्षमा त्यति राम्रो संकेत गरिरहेको छैन । मनमा अहंकार र अति महत्वाकांक्षी बन्दा घाटा हुनसक्छ । गलत तरिकाबाट धन आर्जन गर्ने कुबुद्धि पलाउन सक्छ । सहकर्मीहरुसँग सचेत रहनुहोला ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनमा चिन्ताले डेरा जमाउनेछ । दाजुभाइहरुको क्षेत्रमा सकारात्मक छ । सुखमा कमी आउन सक्छ । अत्याधिक सोचले आफूलाई अरुभन्दा फरक सावित गर्ने प्रयत्न हुनसक्छ । आज कतै लगानी गर्नु घाटाको व्यापार हुनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
जीवनसाथीले कुनै कुरा तपाईसँग लुकाइरहेको छ । तपाईको अत्याधिक सुख भोग र आलस्यका कारण तपाईका आफन्तहरुलृे तपाईलाई उछिन्दैछन् । मनमा पराक्रम भए पनि व्यवहारमा आलस्यता तपाईकालागि घातक छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तपाईको सुख र शान्तिमा शत्रुले आँखा लगाइरहेका छन् । तपाईका अघि अरुको सम्मान भइरहँदा तपाईलाई अनादर गरेको महशुश हुनेछ । अत्याधिक अमिलो, पीरो खानाले पेटमा खराबी आउनसक्छ । बोलीमा संयमता अपनाउनु जरुरी छ । स्वास्थ्यप्रति सचेत रहनुहोला ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफूलाई सुपर ठान्ने प्रवृत्ति कायमै छ । तपाईमा अत्याधिक आत्मविश्वास पलाइरहनेछ । काममा सफलता मिलिरहेको छ । हरेक कुरामा अत्याधिक अहंकार गर्दा कहिलेकाही आफ्नो बोलीमा समस्या आउन सक्छ । अनावश्यक दम्भ त्यागेर अघि बढे दिन फलदायी छ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढा, भे
पराक्रमको साथ छ । सुखेश लाभस्थानमा बसेर सकारात्मक भूमिका खेलिरहेको छ । कर्ममा सफलता मिल्नसक्छ । आजको दिन आफूलाई आलस्यबाट मुक्त गरी कार्यक्षेत्रमा लगाउनु फलदायी हुनेछ । अति हौसियर लगानी गर्नुभन्दा संयम भएर कार्यक्षेत्रमा लाग्नुहोला । दिन सामान्य रहनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिन सामान्य राम्रैछ । पराक्रम बृद्धिको योग छ भने शारिरीक सौन्दर्यमा ध्यान जानेछ । पिताको उपस्थिति र हस्तक्षेपले संकोचको वातावरण उत्पन्न हुनेछ । दिन सामान्य उपलब्धीमूलक नै रहला । तपाईको सोच र विचार सकारात्मक रहेकोले आफूलाई उत्कृष्ट सावित गर्न सक्नुहुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
भाग्यस्थानको गुरु, कर्मस्थानको मंगल, लाभस्थानको बुध यी सबै तपाइकालागि सकारात्मक छन् । धन संचयमा विशेष लाभदायी दिन रहेकोले लगानी र व्यापारका लागि आजको दिन उत्तम छ । समयले तपाईको जीवनमा शुभता प्रदान गरिरहेको छ । धनलाभ, कार्यमा प्रगति, विचारमा उच्चताको संभावना छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शारीरिक चञ्चलताको समय छ । सौन्दर्यताका साथै मनमा उत्साह थपिनेछ । दिनको अन्त्यतिर अनावश्यक झण्झट, धनखर्च र दुर्घटनाको संभावित खतरा देखिन्छ । भाग्यस्थानको मंगलले तपाईलाई सामान्य सकारात्मकता नै प्रदान गरिरहेको छ ।