P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

जापानमा झन् बढे कोरोना संक्रमित

  • प्रकाशीत मिती

    मंसिर १५ ,काठमाडौं ।

एजेन्सी । जापानमा पछिल्लो समयमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको बताइएको छ । जापानका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा २ हजार ६८४ जना कोरोना संक्रमित थपिएका हुन् । यो संख्या जापानमा २४ घन्टाभित्र देखिएको सबैभन्दा ठूलो संख्या हो । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यो संख्या जापानमा कोरोना भाइरसको महामारी देखिएपछिको एक दिनमै देखिएको सबैभन्दा ठूलो संख्या हो ।

योसँगै जापानमा कोरोना भाइरसका संक्रमितको संख्या १ लाख ४६ हजार २१४ जना पुगेको छ । जापानको स्वास्थ्य मन्त्रालयले त्यहाँको राजधानी टोकियोमा पछिल्लो समयमा धेरै संक्रमितहरु पाइएका छन् । यसअघि पनि गत महिनामात्र यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले अब फेरि समस्या बढ्दै गएमा जापानमा आपतकालको अवस्थामा जस्तै केही नीतिहरुमा परिवर्तन पनि हुन सक्ने बताएका थिए ।
                                                   
जापानमा केही हप्ता मात्र पहिले पर्यटनको प्रोत्साहनका लागि राष्ट्रिय स्तरको अभियान चलाइएको थियो । भाइरसबाट संक्रमितको संख्यामा कमी आएपछि टोकियोमा यस्तो अभियान चलाइएको थियो । जापानमा संक्रमण केवल टोकियोमा मात्र नभएर अन्यत्र पनि सरेको बताइएको छ । तर आइतबार देखिएका संक्रमितहरुमध्ये टोकियामा मात्र होइन, त्यहाँभन्दा बाहिर पनि फैलिएको छ । जापानका विकट टापुहरुमा पनि अब कोरोनाभाइरस संक्रमित भेटिन थालेको बताइएको छ । आइतबार भेटिएका ती संक्रमित मध्ये टोकियमा मात्र ५६१ जना भेटिएका छन् । –एएनआई

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान
आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न
इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु
गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal