P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

म्याराडोनाकाे शव परीक्षणमा भेटिएन मादक र लागू औषधका संकेत

  • प्रकाशीत मिती

    पुस ९, काठमाडौं ।

फुटबलका महानायक म्याराडोनाको अचानक निधन भएपछि विभिन्न थरिका षड्यन्त्रका सिद्धान्तहरुका बारेमा चर्चा भइरहेकै छन् । कतिपयले उनको निधन मादक पदार्थ वा लागू औषधको सेवनको कारण भएको हुन सक्ने चर्चा गरिरहेका छन् ।

तर उनको शव परीक्षणको रिपोर्टले त्यो कुरालाई खण्डन गरेको छन्  । ६० वर्षको उमेरमा निधन भएका यी फूटबलका जादूगरको शव परीक्षणमा उनको शरीरमा त्यस्तो कुनै मादक पदार्थ वा लागु औषध फेला नपरेको जनाइएको छ । सो रिपोर्ट अनुसार, म्याराडोनाको मृगौला, मुटु र फोक्सोमा समस्या रहेको थियो ।

गत बुधबार सार्वजनिक गरिएको सो रिपोर्टअनुसार, म्याराडोनाले विभिन्न सात थरिका औषधीहरु सेवन गरिरहेका थिए । उनले मानसिक अवसाद (डिप्रेसन), छट्पटी –एन्टाइटी) लगायत अन्य विभिन्न समस्याहरुको उपचारका लागि ती औषधीहरु सेवन गर्ने गरेको जनाइएको छ ।

अर्जेन्टिनाका अधिकारीहरुले म्याराडोनाको मृत्युका सही कारण पत्ता लगाउन अनुसन्धान गरिरहेका छन्  ।

यसअघि जारी गरिएको चिकित्सीय जानकारीअनुसार, म्याराडोनाको निधन ‘एक्युट पल्मोनरी इडिमा र क्रोनिक हार्ट फेलियर’का कारण भएको जनाइएको थियो ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal