P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

  • प्रकाशीत मिती

    पौष ९, काठमाडौं ।


औपचारिक रूपमा विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षका नेताहरू आ–आफ्नो पक्षमा नेता–कार्यकर्ता ल्याउन भरमग्धुर प्रयासमा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै पक्ष आफ्नो समूहबाट अर्को समूहतर्फ नेता–कार्यकर्ता चोर्न नदिन विभिन्न उपाय अवलम्बन गरिरहेका छन् । दाहाल–नेपालनिकट नेताहरू बुधबार दिनभर नै आफ्ना निकटहरूसँग सम्पर्कमा रहे । ओली पक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई हटाएर नेपाल पक्षका नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने तयारी पनि उक्त समूहमा भइरहेको छ ।

त्यसैगरी नेपाल पक्षबाटै पार्टीको महासचिव चयन गर्ने तयारी पनि भएको छ । महासचिवको नाम भने तय भइसकेको छैन । भीम रावल र सुरेन्द्र पाण्डेमध्ये एकजना महासचिव चयन हुने नेपालनिकट नेताले बताए । महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई साथ दिएपछि उनको स्थामा महासचिव छान्न लागिएको हो । पार्टी एकता कायम रहेको बताउँदै आएका दाहाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठकबाटै महासचिव छान्ने र अन्य केन्द्रीय सदस्य थप गर्ने भएको हो । दाहाल–नेपाल समूहका नेताहरूले जिल्लाजिल्लाबाट केन्द्रीय सदस्यका लागि उपयुक्त हुने नाम संकलन गरिरहेका छन् । उनीहरूले एकदुई दिनभित्रै पूर्वएमालेका तर्फबाट प्रतिनिधित्व गर्नेगरी करिब १ सय ४० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी गरेको स्रोतको दाबी छ । ‘ओली समूहतिर रहनुभएका साथीहरूका स्थानमा पूर्वएमालेकै साथीहरूलाई मनोनयन गरिनेछ,’ नेता माधवकुमार नेपालनिकट एक नेताले भने ।  

ओली समूहको यसअघि नै महाधिवेशन आयोजक कमिटी बनाएर शपथ ग्रहण गराइसकेको छ । साथै बुधबार सातै प्रदेश भेला गरेर पार्टीभित्र देखिएको अन्योल र पार्टी विभाजन हुनुको कारण तथा अबको रणनीतिबारे केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिएको छ । सो समूहले प्रदेश भेला राजधानी उपत्यकाका पार्टी प्यालेस र कलेजहरूमा आयोजना गरेको थियो । प्रदेश १ को भेला अनुपम पार्टी प्यालेस बत्तीसपुतली, प्रदेश २ को अनामनगरस्थित एक निजी कलेज, बागमती प्रदेशको रोयल पार्टी प्यालेस तीनकुने, गण्डकी प्रदेशको सहकारी बोर्डको अफिस पुल्चोक, लुम्बिनी प्रदेशको इन्द्रेणी ब्यांकेट नयाँ बानेश्वर, कर्णाली प्रदेशको एसियन पार्टी प्यालेस सुकेधारा र सुदूरपश्चिम प्रदेशको कार्निभल रेस्टुरेन्टमा भएको थियो ।

ओली समूहले प्रदेश १ को भेलामा सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणि तथा र डा. शिवमाया तुम्बाहाङ्फेलाई खटाएको थियो ।  

प्रदेश २ को भेलामा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो खटिएका थिए । वाग्मती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पदमा अर्याल, गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र सीता पौडेल, लुम्बिनी प्रदेशमा विष्णु पौडेल, शंकर पोखरेल, मणि तथा र गोमा देवकोटा खटिएका थिए । कर्णाली प्रदेशको भेला शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे खटिएका थिए । भेलामा राजधानीमा उपलब्ध ओली समूहका नेता तथा कार्यकर्ता सहभागी थिए । मंगलबार मात्रै महाधिवेशन आयोजक कमिटी गठन गरेको यो समूहले सातै प्रदेशको भेला राखेको हो । बिहीबार ओली समूहको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
गगन थापाले कार्यभार सम्हाल्ने भएपछि मुख्यसचिव पौडेलले दिए राजीनामा
निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal