P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

प्रचण्ड र वामदेव गौतमबीच भेटवार्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।

पार्टी विभाजनका क्रममा कुनै पनि समूहमा नलागी तटस्थ बसेका उपाध्यक्ष गौतम शुक्रबार बिहान साढे ९ बजे अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन्। उनीहरुबीच झण्डै आधा घण्टा छलफल भएको खुमलटार स्रोतले जनाएको छ।

‘अध्यक्ष प्रचण्डलाई भेट्न उपाध्यक्ष वामदेव गौतम बिहान साढे ९ बजे आइपुग्नु भएको थियो’, खुमलटार स्रोतले भन्यो, ‘उहाँहरुबीच आधा घण्टा समसामयिक राजनीतिक, पार्टी गतिविधि लगायतका विषयमा छलफल भयो। ’

उपाध्यक्ष गौतम संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको बताउँदै आएका छन्। उनले आफू प्रधानमन्त्रीको कदम सच्याउने र पार्टी एकताको पक्षमा रहने भन्दै तत्काल कुनै पनि समूहमा नलाग्ने बताएका छन्।

गत शनिबार पनि उपाध्यक्ष गौतमले अध्यक्ष प्रचण्डलाई भेटेर पार्टी एकताको विकल्प नरहेको भन्दै एक अर्काबीच दूरी बढाउने गरी आन्दोलनका कार्यक्रम नगर्न आग्रह गरेका थिए।

उनी कुनै पनि समूहमा नलागे पनि प्रचण्ड–नेपाल समूहसँग भने निरन्तर छलफलमा छन्। उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल दुवै समूहले उपाध्यक्ष राखेका छन् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal