राष्ट्रपतिद्वारा संघीय संसद् आह्वान,फागुन २१ गते पहिलाे बैठक बस्ने
फागुन ७, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते बैठक बस्ने गरी संसद अधिवेशन आव्हान गरेकी छन । स्थानीय निकाय, प्रदेश र संघीय संसदको पहिलो निर्वाचन पछि बस्ने यो पनि पहिलो र ऐतिहासिक अधिवेशन हुनेछ ।
नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम यहि फागुन २१ गते अपरान्ह ४ बजे राष्ट्रपति भण्डारीले संघिय संसदको पहिलो अधिवेशन आव्हान गरेकी हुन्। नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचन गर्ने कार्यतालिका छ।
त्यसैले त्यसको चार दिनअघि नै संसद अधिवेशन आह्वान भएको हो। संघीय संसदको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने छ। प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त रुपमा संघीय संसद भन्ने गरिन्छ। सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आहृवान गर्ने संवैधानिक व्यवस्था छ ।