आफूलाई आधिकारिक पार्टी दाबी गरिरहेका नेकपाका दुवै पक्षसँग निर्वाचन आयोगले आज (शुक्रबार) छलफल गर्ने भएको छ।
नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र पठाएको आयोगले आज दुवै पक्षसँग छलफल गर्ने भएको हो।
आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले निर्वाचनको प्रयोजनका लागि नेकपाका दुवै समूह अध्यक्ष वा अध्यक्षले तोकेका ५/५ जनालाई शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाएको बताए।
‘भोलि (शुक्रबार) बिहान ११ः३० बजे नेकपाको दुबै समूहका अध्यक्ष वा निर्वाचन र कानुन हेर्ने गरी तोकिएका ५/५ जनालाई छलफलका लागि डाकेका छौँ’, प्रवक्ता श्रेष्ठले भने।
आगामी वैशाख १७ र २७ घोषित निर्वाचनलाई लिएर आयोजले दल दर्ता प्रक्रिया अगाडि बढाउनुअघि नेकपाका दुई समूहलाई छलफलमा बोलाएको हो। प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबार नेकपा आधिकारिकता विवादसम्बन्धी विषयमा समेत छलफल हुने बताए।
आयोगले नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई अस्वीकार गर्दै दुवै पक्षलाई आधिकारिकता नदिने निर्णय गर्दै माघ १२ पत्र पठाएको थियो।
आयोगको निर्णयपति असन्तुष्टि व्यक्ति गर्दै आधिकारिकता दावी गर्दै नेकपाका दुवै समूह आयोगमा पुनः पत्र पठाउने तयारीमा छन्।