P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

गुल्मीमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ जना घाइते

  • प्रकाशीत मिती

    फागुन ६ , काठमाडौं ।

गुल्मी : गुल्मीमा बुधबार साँझ जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पताल गुल्मीमा उपचार क्रममा  मृत्यु भएको छ। 

सदरमुकाम तम्घासदेखि रेसुंगा नगरपालिका–१४ को पराल्मी जाँदै गरेको लु१ज १९८८ नम्बरको जिप रातामाटामा दुर्घटना हुँदा रेसुंगा नगरपालिका वडा नम्बर १४ का ४७ वर्षका एकराज पोखरेलको घटनास्थलमै मृत्यु भएको हो। 

सोही वडाकी २८ वर्षकी शान्ती नेपाली र २७ वर्षकी गोमा नेपालीको उपचार क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए।

जिपमा सवार सोही वडाका ३७ वर्षका वीरबहादुर सुर्यवंशी, २२ वर्षका चालक भरत पोखरेल ,३७ वर्षकी गोमा तामद (नेपाली), ६६ वर्षका देवबहादुर नेपाली, २७ वर्षका प्रकाश नेपाली र  उनकी छोरी ४ वर्षकी खुसी नेपाली घाइते छन्।

घाइतेमध्ये वीरबहादुरको अवस्था गम्भीर रहेको  प्रहरीले जनाएको छ।  सूर्यवंशी र चालक भरत पोखरेललाई थप उपचारका लागि पाल्पा रिफर गरिएको छ। अन्य घाइतेहरूको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ।

जिप सडक देखि करिब ६ सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal