P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

प्रधानमन्त्रीमा निरन्तरता पाउन ओलीलाई चुनौती

  • प्रकाशीत मिती

    फागुन २७, काठमाडौं ।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै पनि बेला संसद्मा आफ्ना पक्षमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था आएको छ।  

संसद्का अबका बैठकमा आएका कुनै पनि प्रस्ताव वा विधेयक पारित गराउन ओलीलाई प्रमुख चुनौती छ। संविधानविद् डा. विपीन अधिकारी भन्छन्, ‘संसद्मा सरकारले ल्याएका कुनै पनि प्रस्ताव वा विधेयक पारित हुन सकेनन् भने माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा र कांग्रेस वा जसपाले सहयोग नगरेमा सरकार अप्ठेरोमा पर्नेछ।’ प्रधानमन्त्री राजीनामा दिन नखोजेपछि अब विश्वासको मत नदिएर वा अविश्वासको प्रस्तावबाटै उनलाई हटाउनुपर्ने अवस्था छ।

सरकारले ल्याएका कुनै पनि प्रस्ताव अस्वीकार भएमा नैतिक रुपमा ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आउनेछ। सरकारलाई दिएको समर्थन कुनै पनि बेला फिर्ता लिने अवस्थामा माओवादी केन्द्र रहेकाले उसको समर्थनबिना नै आफूलाई प्रधानमन्त्रीमा कायमै राख्न ओलीले विशेष तयारी गर्नुपर्नेछ।

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन भएमा मात्र सहयोग गर्ने संकेत दिएको छ भने जसपाभित्र दुई धार छ। डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने अवस्था देखिँदैन तर महन्थ ठाकुर समूहले भने ओलीलाई सहयोग गर्न सक्ने संकेत देखिन्छ। ठाकुर समूहले संविधान संशोधन, रेसम चौधरीसहितको मुद्दा फिर्ताको माग सम्बोधन भएमा समर्थन गर्ने अवस्था देखिएको हो। 

आजको नागरिक दैनिकमा समाचार छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal