नेपाल पक्षको भेलालाई गम्भीरताका साथ ‘नोट’ गरिन्छ – ईश्वर पोखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको निर्देशन विपरीत भएका क्रियाकलापलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिएका छन् ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरीत बुधबार वरिष्ठ नेता माधव नेपाल समूहको भेलामा कार्यकर्ता सहभागी भएपछि महासचिवले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पार्टी अध्यक्षको निर्देशन विपरीत भेला आयोजना भएको सम्बन्धमा बुधबार साँझ कुराकानी गर्दै महासचिव पोखरेलले निर्देशन विपरीतका काम हुनु राम्रो नभएको प्रतिक्रिया दिए । उनले पार्टी अध्यक्ष एवं महासचिवको निर्देशन विपरीत भएका भेलालाई पार्टीले गम्भीरताका साथ लिने बताए ।
पार्टी अध्यक्षले धुम्बाराहीमा नेतालाई बोलाएर भेला नगर्न र छलफल गर्नुपर्ने कुरालाई ७ चैतको बैठकमा राख्न अनुरोध गर्नुको साथै चियापानमा सहभागी हुन गरेको आग्रहलाई नमानेर राम्रो नगरेको बताए ।
‘अहिले जुन किसिमको भेला भयो । त्यो निर्देशनको बाबजुत पनि भेला भएको छ । आज र भोलि आयोजना भएको यो कार्यक्रमको बारेमा गम्भीरताका साथमा नोट गरिन्छ,’ उनले भने ।