P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

आकस्मिक स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा

  • प्रकाशीत मिती

    बैशाख २४, काठमाडौं ।

काठमाडौं :  नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक  सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटार बैठक सकिनासाथ प्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन्। झण्डै १ घण्टा बसेको स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितल निवास गएका हुन्।  समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओली शितल निवास गएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। 

यस्तै आगामी जेठ ६ गते बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनको उम्मेदवार टुंगो लगाउन बसेको बैठक अनिर्णित बनेको छ।  बैठक उपनिर्वाचनमा एमाले उम्मेदवारको जित सुनिश्चित हुने गरी विभिन्न तहमा छलफल गर्ने निष्कर्षमा पुगे पनि उम्मेदवार तोक्ने विषयमा अनिर्णित बनेको हो।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आजको बैठकमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारलाई जिताउन विभिन्न तहमा छलफल गर्ने निर्णय भएको जानकारी दिँदै अर्को बैठकले उम्मेदवार टुंगो लगाउने बताए। यसअघि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले बागमती प्रदेशको राष्ट्रियसभा उप निर्वाचनमा रामबहादुर थापा बादल नै पार्टीको आधिकारिक उम्मेदवार हुने बताएका थिए।  

यस्तै बैठकमा प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा पनि छलफल भएको ज्ञवालीले बताए। ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने गरी अहिले भइरहेका छलफललाई पनि निरन्तरता दिनेबारे निर्णय भएको छ’ ज्ञवालीले भने।

जेठ १७ गते लुम्बिनी प्रदेशमा हुने उपनिर्वाचनमा लागि उम्मेदवार तय गर्ने विषयमा भने आजको बैठकमा छलफल नभएको परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता ज्ञवालीले बताए।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
गगन थापाले कार्यभार सम्हाल्ने भएपछि मुख्यसचिव पौडेलले दिए राजीनामा
निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal