संक्रमण बढेपछि जापानमा फेरि बढाइयो आपतकाल प्रकाशीत मिती बैशाख २५, काठमाडौं । काठमाडौँ- कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइएको छ । जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटोमा ११ मे सम्म लगाइएको प्रतिबन्धलाई मे महिनाभर पुर्याएको हो । टोकियो ओलम्पिक हुन तीन महिना बाँकी रहँदा विभिन्न शहरमा आपतकालको समयावधि बढाइएको हो । प्रधानमन्त्री योशीहिडे सुगाले आज आइची र फुकुओकामा पनि आपतकालीन अवस्था लागू गरिएको बताएका छन् । टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष सिको हासिमोतोले ओलम्पिक आयोजना हुन कठिन रहेको बताएका छन् । संक्रमण बढ्दै गएमा टोकियो ओलम्पिक हुने नहुनेमा अन्योल बढेको बीबीसीले उल्लेख गरेको छ । कोरोना महामारीकै कारण २०२० मा ओलम्पिक स्थगित गरी २०२१ जुलाइमा सारिएको थियो । शेयर गर्नुहोस् >> प्रतिकृया दिनुहोस संबन्धित समाचार इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु लोकप्रिय ताजा अपडेट संघीय संसद्का दुवै सदनको बैठक बस्दै नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
काठमाडौँ- कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइएको छ ।
जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटोमा ११ मे सम्म लगाइएको प्रतिबन्धलाई मे महिनाभर पुर्याएको हो ।
टोकियो ओलम्पिक हुन तीन महिना बाँकी रहँदा विभिन्न शहरमा आपतकालको समयावधि बढाइएको हो ।
प्रधानमन्त्री योशीहिडे सुगाले आज आइची र फुकुओकामा पनि आपतकालीन अवस्था लागू गरिएको बताएका छन् ।
टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष सिको हासिमोतोले ओलम्पिक आयोजना हुन कठिन रहेको बताएका छन् ।
संक्रमण बढ्दै गएमा टोकियो ओलम्पिक हुने नहुनेमा अन्योल बढेको बीबीसीले उल्लेख गरेको छ ।
कोरोना महामारीकै कारण २०२० मा ओलम्पिक स्थगित गरी २०२१ जुलाइमा सारिएको थियो ।