सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लका पिता गजिन्द्रप्रकाश मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको जेठ ४ गते निधन भएको हो ।
सभापति देउवाले बुधवार एक शोक वक्तव्यमार्फत उनको निधनको खबरले आफूलाई दुःखीत र मर्माहत बनाएको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । स्व. मल्ल जिल्ला विकास समिति स्याङ्जाका पूर्व सदस्य समेत थिए ।
मल्लले कांग्रेसको संगठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएका उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट पार्टीले एक अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताएका छन् ।
सामाजिक र विकास निर्माणका क्षेत्रमा समेत स्व. मल्लको सक्रिय योगदान थियो ।