P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

हेटौंडामा राष्ट्रिय सभा उपनिर्वाचनको मतदान जारी

  • प्रकाशीत मिती

    जेष्ठ ६, हेटौडा ।

हेटौडा । बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान प्रक्रिया हेटौंडामा सुरु भएको छ ।

आज बिहीबार हेटौंडा उपमहानगर वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा मतदान सुरु भएको हो ।

विहान ९ बजेबाट सुरु भएको मतदानमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल सहित प्रदेश सभाका सदस्य, गाउँ÷नगरपालिकाका प्रमुख/उपप्रमुख लामबद्ध भई मतदानमा सहभागि भएका छन् ।

मतदान केन्द्रमा उम्मेदवारहरु गृहमन्त्री राम बहादुर थापा डा. खिमलाल देवकोटा र कृष्ण बहादुर तामाङको उपस्थिती रहेको छ ।

मतदान गर्न विद्यालयको पूर्वपट्टिको गेटलाई कोरोना पोजेटिभ मतदाताले प्रयोग गर्नेछन भने पश्चिमतिरको गेटलाई अन्य मतदातालाई प्रवेश गराइएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी गराउनुभयो ।

मतदान दिउँसो ३ बजे सम्म हुनेछ भने साँझ सम्ममा नतिजा प्रकाशन गरिने अधिकृत श्रेष्ठले बताउनुभयो ।

भोट खसाल्न तीनवटा बुथको व्यवस्था गरिएको छ । ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मा स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्नेछन् ।

यस्तै कोरोनाभाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि ‘ग’ बुथको व्यवस्था गरिएको छ ।

बागमती प्रदेशसभा सदस्य ११० जना मध्ये एक सदस्यको मृत्यु भएको छ भने प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना मतदाता रहेका छन् ।

प्रदेश सभा सदस्यको एक मतको संख्या ४८ हुनेछ भने स्थानीयतहका प्रमुख/उपप्रमुखको एक मतको संख्या १८ गणना हुने निर्वाचन आयोगले जनाएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
गगन थापाले कार्यभार सम्हाल्ने भएपछि मुख्यसचिव पौडेलले दिए राजीनामा
निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal