P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

मन्त्रिपरिषद्ले पारित गर्‍यो १६ खर्बको बजेट

  • प्रकाशीत मिती

    जेठ १५, काठमाडौं ।

 सरकारले आउँदो आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले तयार पारेको बजेट पारित गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकबाट करिब १६ खर्ब रुपैयाँको बजेट पारित भएको वन तथा वातावरणमन्त्री प्रेम आलेले जानकारी दिए। मन्त्रिपरिषद्‍बाट पारित बजेट राष्ट्रपति कार्यालय पठाइएको उनले बताए।

सरकारले आज अध्यादेशमार्फत् बजेट सार्वजनिक गर्दै छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अपराह्न ४ बजे सिंहदरबारबाट बजेट भाषण गर्ने छन्।

नेपालको संविधानमा जेठ १५ गते अर्थमन्त्रीले संसद्‍मा आगामी आर्थिक वर्षको आय/व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। तर, पूर्वअर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु तथा अर्थविदहरुले संसद् नरहेको र कामचलाउ सरकार भएको अवस्थामा जेठ १५ मै बजेट ल्याउन अनिवार्य नभएको बताउँदै आएका छन्। उनीहरुले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने, नयाँ कार्यक्रम समावेश गर्न नपाउने तथा करका दरहरु परिवर्तन गर्न नपाउने सुझाव दिए पनि सरकारले अध्यादेशमार्फत नै पूर्ण बजेट ल्याउने तयारी गरेको हो।

सरकारले बजेटमा आगामी चुनावलक्षित कार्यक्रमहरु ल्याउने संकेत गरेको छ। शुक्रबार प्रधानमन्त्रीले गरेको सम्बोधनमासमेत त्यो संकेत  देखिएको थियो।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal