P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

उत्तर कोरियाकाे आरोप, अमेरिकाले गोप्य रूपमा साइबर हमला गर्दै

  • प्रकाशीत मिती

    फागुन १३, अाईतबार

अमेरिकाले प्योङयाङविरुद्ध सैन्य आक्रमण गर्नुपूर्व गोप्य रूपमा ठूलो मात्रामा साइबर हमला गर्न लागेको आरोप शनिबार उत्तर कोरियाले लगाएको छ ।
उत्तर कोरियाको केन्द्रीय समाचार संस्था (केसिएनए)तथा तथा रोडोङ सिनमुन दैनिकमा प्रकाशित समाचारमा “अमेरिकी विदेश नीतिबारेमा लेख्ने एक पत्रिकाको फेब्रुवरी १५मा प्रकाशित अङ्कमा वासिङटनले आफ्नो गुप्तचर क्षमतालाई एक पटक कोरियाली प्रायद्वीपविरुद्ध प्रयोग गर्न लागिएको” बताइएको छ ।
अमेरिकी केन्द्रीय गुप्तचर निकायजस्ता संस्था अहिले साइबर हमलाको तयारीमा रहेका र यसका लागि अमेरिकाको अर्बौ डलर बराबर खर्च गरिन लागेको दाबी उत्तरकोरियाको छ । यसका लागि विज्ञहरूलाई तालिमसमेत दिइसकिएको उत्तरकोरियाले जनाएको छ ।
एनबीसी, ब्लुमवर्ग न्यूज तथा वासिङ्टन पोष्टजस्ता अमेरिकी सञ्चारमाध्यमले ‘साइबर आतङ्क’ र यसका कारण अमेरिकालाई उत्तरकोरियाबाट ‘खतरा’ बारेमा लेखेका कारण प्योङयाङविरुद्धको अमेरिकी कदम व्यवहारिक कार्यान्वयनको चरणमा रहेको उत्तरकोरियाली अधिकारीले बताएका छन् ।
अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासका क्रममा ठूलो सङ्ख्यामा साइबर युद्ध विज्ञलाई पठाइएको केसीएनले उल्लेख गरेको छ ।
रासस

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal