P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

चेल्सीले जित्यो च्याम्पियन्स लिगको उपाधि

  • प्रकाशीत मिती

    जेठ १६, काठमाडौं ।

काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा चेल्सीले अर्को प्रिमियर लिग क्लब च्यान्चेस्टर सिटीलाई १– ० गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । 

पोर्चुगलमा भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हार्बटेजले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो । पहिलो हाफको सुरुआतमा सिटीले प्रभाव छाडे पनि चेल्सीले भने गोल गर्न सफल भयो ।
 
चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको हो । सन् २०१२ पछि चेल्सीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो ।
 
यता, थोमस टुचेलले चेल्सीका लागि च्याम्पियन्स लिग फुटबलको उपाधि जित्न सफल भएका हुन् ।
 
यता म्यान्चेस्टर सिटी भने पहिलो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्नबाट चुकेको छ । पेपे ग्वार्डिवालाले पहिलो पटक म्यान्चेस्टर सिटीलाई फाइनलमा स्थान बनाए पनि उपाधि भने दिलाउन सकेनन् । 

यता, सिटीका रियाद मेरेज र सर्जियो अग्युरोको सिटीका लागि अन्तिम खेल रहेको थियो ।

facebook sharing button

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal