P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

हनी सिंहकी पत्नीको आरोप –ससुराले पनि गलत तरिकाले छुन खोज्थे

यापर हनी सिंहमाथि उनकी पत्नी शालिनी तलवारले घरेलु हिंसाको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी छन् । दिल्लीको तीस हजारी कोर्टमा दायर गरिएको १२० पन्नाको रिट निवेदनमा कयौँ आश्चर्यजनक खुलासा उनले गरेकी छन् । शालिनीले आफ्नो रिट निवेदनमा हनी सिंह मात्र नभएर सासू भूपिन्दर कौर र ससुरा सबरजीत सिंह र भाउजु स्नेहा सिंहमाथि पनि आरोप लगाएकी छन् ।

शालिनीले आफ्नो पतिको परिवारले गरेको अत्याचारको विरुद्ध सुरक्षा आदेश र अन्य राहतको माग गरेकी छिन् । रिट निवेदनमा शालिनीले एक घटनाबारे उल्लेख गर्दै ससुरामाथि पनि गलत हरकत गरेको आरोप लगाएकी छन् । शालिनीका अनुसार हनी सिंहका पिता बिना कुनै काम उनको कोठामा आउने गर्थे र एक पटक कपडा फेर्दै गर्दा कोठा आएर गलत तरिकाले छुन खोजेका थिए ।

हनी सिंहको कयौँ युवतीहरूसँग सम्बन्ध रहेको पनि शालिनीको आरोप छ । उनका अनुसार ‘ब्राउन रङ्ग दे’ गीतको सुटिङका क्रममा उनले हनी सिंहलाई यौन क्रियाकलापमा लिप्त रहेको बेला रङ्गे हात समातेकी थिइन् । त्यतिबेला हनी सिंहले आफूमाथि रक्सीको बोतल फालेको उनको दाबी छ ।

शालिनीका अनुसार विवाहको तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि हनी सिंह निकै अत्तालिएका थिए । त्यसपछि फोटो लिक गरेको आरोप लगाउँदै हनी सिंहले आफूलाई पिटेको उनको आरोप छ । हनी सिंहले आफ्नो वैवाहिक जीवनको अस्तित्व लुकाउन चाहेको शालिनीको दाबी छ ।

मिडिया रिपोर्टका अनुसार शालिनीले घरेलु हिंसाबाट महिलाको संरक्षण अधिनियम अन्तरगत हनी सिंहसँग १० करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकी छन् । शालिनीले घरेलु हिंसाको मामिला दर्ता गरेपछि दिल्ली कोर्टले हनी सिंहलाई २८ अगस्तसम्म जवाफ पठाउन भन्दै नोटिस जारी गरेको छ । त्यस्तै, शालिनीको पक्षमा अन्तरिम आदेश जारी गर्दै हनी सिंह र उनको संयुक्त स्वामित्व रहेको सम्पत्ति बेचबिखनमा रोक लगाएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
बालेन साहले ‘आदिपुरुष’ बाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटे महानगरभित्र हिन्दी चलचित्र चल्न नदिने
निहारिका राजपूत र शिवराज श्रेष्ठ विवाह बन्धनमा बाँधिए
म अग्लो भए कारण स्कुलमा धेरै कुटाई खान्थे : अमिताभ बच्चन
४ करोड ८४ लाख फिर्ता माग्दै सन्तोष सेनविरुद्ध निर्माता संघमा पर्‍यो उजुरी
प्रभाससँग प्रेम सम्बन्धको बारेमा कृतिले गरिन् खुलासा
चलचित्र ‘महापुरुष’ ले कति कमायो ?

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal