P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

अाज बुधबार तपाईको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आजको दिन तपाईको मनमा पराक्रम कायम रहेपनि शरीरमा सामान्य समस्या देखिन सक्छ । जागिर या व्यवसायमा नयाँपन आउने छ । कार्यक्षेत्रको सुधारले तपाइलाई आनन्दित बनाउने छ । विवाद र झगडाबाट मुक्त रहनु जरुरी छ । दैनिक जीवनमा गरिने काममा नयाँपनले वाताबरण सकारात्मक रहने छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

तपाईकालागि आज आर्थिक क्षेत्रमा गरेका योजनाले सफलता पाउने छन् । पराक्रम उच्च भएको महशुस हुनेछ । सामाजिक लाभकालागि गरेको कामले फाइदा हुने देखिन्छ । तसर्थ, सामाजिक कार्यमा गरेका प्रयाशहरुले सार्थकता पाउनेछन् दान धर्ममा खर्च गर्दा राम्रो हुनेछ । धर्मकर्ममा गरेको लगानीले राम्रो प्रतिफल दिन्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

दिन सकारात्मक छ । बोलीको सकारात्मक प्रभाव देखिनेछ । स्वास्थ्यमा सकारात्मक सुधार आउनेछ । आर्थिक क्षेत्रमा गरेका प्रयाशहरु सहजरुपमा सम्पन्न हुनेछन् । मिष्ठान्न भोजन र भाषण गर्ने मौका मिल्नसक्छ । कुटुम्बमा मेलमिलापको वातावरण बन्ने छ । समय सकारात्मक रहने छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज तपाईकालागि दिन सामान्य छ । सुन्दरताले अरुलाई आकर्षित गर्नेछ । नयाँ मित्र भेट हुँदा मनमा उत्साह आउनेछ । मित्रहरुले सहयोग गर्नेछन् । सामाजिक क्षेत्रमा सामान्य प्रभाव रहनेछ । मान प्रतिष्ठामा आँच आउनसक्छ । आफूले गरेका काममा कम सफलता आउँदा दुःखको अनुभूति हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज तपाईले शुरु गरेको काम र व्यवसायमा धन खर्च हुँदा चिन्तित बनाउने छ । सोचे अनुसारको कार्य सम्पन्न नहुँदा मनमा चिन्ताले डेरा जमाउला । स्वास्थ्यमा धन खर्च होला । मनमा धर्म विरुद्धको भावना पलाउला । हातको अरुलाई दिनुपर्ला । मनमा अनावश्यक शंकाको कारण असामाजिक बनिने खतरा छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आज तपाईकालागि नोकरी व्यवसायमा सकारात्मक समय छ । आर्थिक लाभको काम सम्पन्न हुँदा मनमा उत्साह बढ्ने छ । आँटेको काममा सफलता प्राप्तिले मनमा आनन्द मिल्नेछ । लगानीमा भन्दा आपूmलाई संयमित बनाएर काममा ध्यान दिँदा फाइदा मिल्नेछ । आज तपाईका लागि लाभको समय छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

तपाईकालागि आज व्यवसायमा परिवर्तनको संभावना छ । नयाँ कामको जिम्मेवारी आउन सक्छ । विगतमा गरेका कार्यहरुमा गडबढी आउनसक्छ । तपाईले आज गरेका निर्णयहरुले कार्यक्षेत्रमा नयाँ मोड ल्याउने संभावना छ । पिताको धन हात लाग्नसक्छ । व्यवसायिक कामले फाइदा दिनेछ । व्यवसायिक अवसरलाई सदुपयोग गर्ने समय छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आज तपाईलाई आर्थिक लाभको अवसर छ । धनलाभको कारण मनमा उत्साह भरिनेछ । व्यापारमा मनग्य फाइदाको योग छ । बोलीमा विशेष ख्याल गरेरमात्र आफ्नो विचार व्यक्त गर्नु होला । आज तपाईलाई नयाँ अवसर तथा स्थानान्तरणको अवसर आउन सक्छ । अमिलो पिरो खाना खाने वातावरण बनेको छ ।

धनु – ये, यो, भा, भि, भु, ध, फा, ढ, भे

स्वास्थ्यका क्षेत्रमा विशेष ख्याल राख्नु पर्ने समय छ । विना विचार गरेको लगानीले तपाईलाई नोक्सानी दिने खतरा रहेकोले सावधानी अपनाउनु पर्ने देखिन्छ । सवारी साधन चलाउँदा र यात्रा गर्दा होशियारी अपनाउनु होला । समय सामान्य रहेकोले विशेष काममा सचेत रहन आवश्यक छ । भेटभाट र भेलामा सहभागी भइएला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

दिन सामान्य खालको छ । भेटघाट र व्यावसायिक कुरामा समय व्यतित हुनेछ । नयाँ नयाँ मित्रको भेटले मन उत्साहित हुनेछ । दैनिक कार्यमा सकारात्मक प्रभाव देखिने छ । धन लगानीको समय आइनसकेकोले विना विचार लगानी नगर्नु नै लाभदायी रहला । तपाइले आज गरेको व्यवसायिक यात्रा सफल हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

आज तपाईकालागि शत्रुहरुले सताउने प्रयाश गर्लान् । अनावश्यक कुरामा विवाद नगर्दा राम्रो हुनेछ । संयमता अपनाउनु राम्रो हुन्छ । काम बिग्रने चिन्ताले सताउने छ । दिनभर काममा व्यस्त रहनुपरे पनि मनमा उत्साह कम नहोला । आँट र हिम्मतका कारण शत्रुहरुको प्रहारलाई परास्त गर्न सकिने छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आज तपाईले आफ्नो बुद्धिको प्रयोग गर्नुहुनेछ । अर्काको बुद्धिमा नलाग्दा राम्रो होला । आर्थिक क्षेत्रमा खतरा नमोल्दा राम्रो हुने देखिन्छ । आलस्य त्यागेर काममा जुट्नु जरुरी छ । अनायशै आएको कामले तपाईको मनमा उत्साह थप्न सक्छ । शिक्षा र परीक्षामा सफल हुने समय छ । अर्काको काममा फस्ने संभावना नकार्न सकिन्न ।

ज्योतिष भूषण भरतमणि आनन्द

 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
आज आईतवार तपाईको राशिफल
आजको राशिफल
आज बुधवारको राशिफल
आज सोमवार तपाईको राशिफल
तपाईको आजको राशिफल
आज बिहीवार तपाईको राशिफल

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal