P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

चिसोका कारण हुम्लाका विद्यालयमा पठनपाठन बन्द

  • प्रकाशीत मिती

    पुस १९, सोमबार

सात स्थानीय तह रहेको हुम्लामा हिउँदे बिदाले पुस र माघ दुई महिना यहाँका विद्यालयमा पठनपाठन बन्द हुने गर्दछ।

चिसो अत्यधिक बढेसँगै यहाँका स्थानीय तहले विद्यालयमा हिउँदे बिदा दिने गरेका छन्। जिल्लाका सातमध्ये छ गाउँपालिकाका विद्यालय हिउँदे बिदाले बन्द भएका छन्। जिल्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकासहित नाम्खा, खार्पुनाथ, सर्केगाड र ताँजाकोट गाउँपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालय बन्द भएका छन्।

सिमकोट गाउँपालिकाले यसअघि नै आफ्ना माताहतमा रहेका निजी तथा सामुदायिक विद्यालयलाई यही पुस १५ गतेपछि बन्द गर्न निर्देशन दिइसकेको थियो।

जाडो मौसमको सुरुआत भएसँगै चिसोले असहज भएपछि वार्षिक परीक्षाअगावै विद्यालय बन्द गरिएको छ। विगतका वर्षमा यो समय हुम्लामा अन्तिम परीक्षाको नतिजा निकालिए पनि गत वर्ष कोरोना संक्रमणका कारण र यस वर्ष विद्यालय ढिला खुलेकाले परीक्षा नै लिन नसकिएको मानसरोवर माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए।

फागुन महिनाबाट हुम्लामा नयाँ शैक्षिकसत्रका लागि भर्ना लिएर पठनपाठन हुने गर्दथ्यो। यस वर्ष कतै त्रैमासिक र कतै अर्धवार्षिक परीक्षा मात्रै सकिएको छ। वार्षिक परीक्षा अब सिधै फागुनमा विद्यालय सञ्चालनमा आएपछि कहिले गर्ने भन्ने थाहा हुने प्राध्यापक शाहीले बताए।

अत्यधिक जाडोका कारण उत्तरी नाम्खा गाउँपालिकामा रहेका अधिकांश विद्यालय यसअघि मंसिरमै परीक्षा सम्पन्न गरेर बन्द भइसकेका छन्। कोरोना भाइरस संक्रमण कारण विद्यालयमा नियमित पठनपाठन भएको थिएन्। हुम्लामा गत जेठबाट मात्रै जिल्लाका विद्यालयले पठनपाठन सञ्चालनमा ल्याएका थिए।

जिल्लामा १५१ सामुदायिक विद्यालय रहेकामा १२६ बन्द भएको जानकारी प्राप्त भएको छ। यसमा २७ मावि र १२४ आधारभूत विद्यालय रहेका छन्। चङ्खेलीका २५ विद्यालयमा भने हिउँदभरि नियमित पठनपाठन हुने भएको छ। जिल्लाका अन्य छ वटा स्थानीय तहले आफ्ना मातहतका विद्यालय चिसोका कारण बन्द गरे पनि चङ्खेली गाउँपालिकाले भने नियमित पठनपाठन कार्यलाई जारी राख्ने भएको छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal