संघीय सांसदकाे शपथग्रहण अाज, यी ४ सांसदले किन पाएनन् सपथ लिन ?
फागुन २०, काठमाडौँ ।
संघीय सांसदकाे निर्वाचित सदस्यहरुले निर्वाचन भएको तीन महिनापछि आज शपथग्रहण लिँदैछन । मंसिर २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो ।
प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसदका कुल ३ सय ३४ सदस्यमध्ये ३ सय ३० जनाले शपथ लिने भएका छन । सर्वोच्च अदालतले शपथमै रोक लगाएका कारण सरकारको सिफारिसमा राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईको शपथग्रहण आज हुने छैन।
यस्तै फौजदारी अभियोग लागेका कैलाली १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद रेशम चौधरी अदालतको आदेशमा थुनामा रहेकाले उनी पनि शपथग्रहण गर्न नपाउने भएको जिल्ला प्रशासन कार्यालय कैलालीले त्यसको जानकारी संसद् सचिवालयलाई गराइसकेको छ ।
सरकारी कागज किर्ते अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका ललितपुर १ बाट विजयी एमाले सांसद नवराज सिलवाल शनिबार नै संसद् भवनमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उपस्थित भए पनि उनलाई शपथग्रहण गर्न भने कुनै रोकावट हुने देखिएको छैन ।
लामो समय गुपचुप रहेका सिलवाल एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि सार्वजनिक रूपमा देखिन थालेका हुन । प्रतिनिधिसभाको ४ बजे र राष्ट्रिय सभाको ५ बजे आफ्नै सभाकक्षमा शपथ समारोह हुनेछ ।
दुवै सभामा सांसदको शपथ ज्येष्ठ सदस्यले गराउनेछन । प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभामा सभाध्यक्षको चयन नभएसम्म तिनै ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्नेछ । प्रतिनिधिसभामा राजपा नेता महेन्द्र राय यादव र राष्ट्रिय सभामा कांग्रेसकी तारादेवी भट्टले शपथ गराउने तय भएको छ ।
७० वर्ष पुग्दै गरेका यादव नागरिकताका आधारमा ८० वर्षका देखिन्छन । यही आधारमा उनी ज्येष्ठ सदस्य भएका हुन् । यादव र भट्टले आज दिउँसो १ बजे राष्ट्रपतिबाट शपथ लिने र त्यसपछि मात्रै उनीहरूले अन्य सदस्यलाई शपथ गराउने छन्। ४४ जना सांसदले आफ्नो मातृभाषामा शपथ लिने जानकारी सचिवालयलाई गराएका छन ।
सचिवालयले मागेअनुसार उनीहरूले शपथ व्यहोरालाई मातृभाषामा अनुवाद गरी बुझाइसकेका छन्। ती सांसदले फरक–फरक मैथिली, भोजपुरी, थारू, मगर, अवधि, बज्जीका, नेवारी, हिन्दी, उर्दू र तामाङ गरी १० मातृभाषामा शपथ लिनेछन । अन्य सांसदले भने नेपाली भाषामै शपथ लिनेछन्। ।