P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

अाज मंगलबार तपार्इकाे राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दैनिक जीवन या कार्यालयमा नयाँपन आउने छ । जीवनसाथीको सकारात्मक व्यवहारले तपाइलाई आनन्दित बनाउने छ । अनावश्यक विवादबाट मुक्त रही ध्यान र योगमा आफूलाई समावेश गर्न सके तपाईको जीत हुनेछ । दैनिक जीवनमा गरिने काममा नयाँपन ल्याउनु र नयाँ खोजले तपाइलाई काममा आनन्द आउने छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मनमा नकारात्मक विचार आउने छ । गलत विचारका कारण हातमा आएको अवसर पनि गुम्ने छ । शरीर कमजोर हुनेछ । आलस्यले सताउने छ । धन, मान र स्वास्थ्यमा आएको नकारात्मक गतिविधिले मन विचलित हुनेछ । धैर्य र संंयमता अपनाउन नसके नकारात्मक पक्ष हाबी हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

शरीरको सौन्दर्यले तपाइको दिनभरका गतिविधि रमाइला हुनेछन् । नयाँ साथीहरुसँगको भेटले मनमा उत्साह र व्यापारमा सकारात्मक सहयोग गर्नेछ । शरीर राम्रो बनाउने र निजी स्वार्थका काममा लागिरहने तपाईको बानीले आफूलाई आत्मकेन्द्रित बनाउने छ । वातावरण सकारात्मक रहे पनि कतै टाउकोमा समस्या देखिन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज कतैबाट धन गुम्ने संभावना छैन । हातमा भएको धन लगानी गर्दा मनग्य फाइदा हुनेछ । लगानीको लागि सही अवसर आएको छ । आज गरेको लगानीले नसोचेको फाइदा दिनेछ । राम्रो अवसरलाई हेरेर लगानी बढाउनु होस्, फाइदा आउने छ । आमाको स्वास्थ्यमा सुधार आउने छ भने भाईको आम्दानीमा बृद्धि हुनेछ । सन्तानले अनावश्यक धन खर्च गर्नेछन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पराक्रम बढेर आउनेछ । दाजुभाई र बन्धुहरुको जीवनमा सकारात्मक कार्य हुनेछ । आमाको स्वास्थ्यमा समस्या देखिन सक्छ । आज सन्तानहरुले सकारात्मक र सुखको खवर सुनाउनेछन् । जीवनसाथीको हातबाट गरेका कामहरु सहज सफल होलान् । मनमा अति उत्साह र घमण्ड नपलाउला भन्न सकिन्न । आमाको स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
धनसम्बन्धी कार्य सकारात्मक होलान् । भाइ बन्धुको धनमा क्षति होला । घरमा कुनै लाभकारी काम सम्पन्न होला । बोलीमा मिठास आउला । सामाजिक क्षेत्रमा मान प्रतिष्ठा पाउने दिन भएकोले रमाइलो नै हुनेछ । आफूले गरेका काममा सफलता मिलेको अनुभूति हुनेछ । दिन सकारात्मक छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आफूलाई राम्रो देखाउने प्रयाश होला । नयाँ साथीहरुसँगको भेटले मनमा उत्साह र व्यापारमा सकारात्मक सहयोग गर्नेछ । शरीर राम्रो बनाउने र निजी स्वार्थका काममा लागिने छ । बुद्धि र विवेकले दिन उर्जाले भरिने छ । सन्तानको भाग्योदय होला । गंगास्नानको अवसर आउला ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

जुवा तासमा नलाग्दा राम्रो होला । हातको धनको व्यय होला । कसैको उक्साहटमा धनको व्यय हुने समय छ । कतै टाढाको यात्राको चर्चा हुनसक्छ । आफन्तहरु टाढिन सक्छन् । आफैले गरेको कामले आफैलाई खिन्न पार्ने संभावना छ । व्यवहारमा आएको कठोरताले समस्यामा पर्ने खतरा रहेकोले सचेत रहनु जरुरी छ ।

धनु – ये, यो, भा, भि, भु, ध, फा, ढ, भे

लाभस्थानको चन्द्रले तपाईका काममा सकारात्मक प्रभाव दिने छ । आजको लगानीले आम्दानी दिलाउन सक्छ । आजको व्यवसायिक यात्रा सफल रहला । लामो समयदेखि रोकिएको काम सम्पन्न होला । साथीहरुको सहयोगले गरेको काम सफल हुनेछ । परिवारकालागि आज धनको लगानी रहला । धनको कारोवार हुनसक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कार्यक्षेत्रमा शुभता आउने छ । पिताको सल्लाहले गरेका काममा सफलता मिल्ला । पिताको स्वास्थ्यमा सुधार आउला । आमाको व्यवहारमा केही सकारात्मक पन आउने छ । आज तपाईले गरेका काम सफल रहलान् । साथीहरुले खासै सहयोग गर्ने देखिन्न । आज नयाँ लगानी भन्दा पुराना रोकिएका काममा समय दिदाँ फाइदा हुने छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

भाग्यले साथ दिने छ । सोच विचार गरेर गरेको लगानीले फाइदा देला । आज तपाईको आर्थिक क्षेत्र सकारात्मक रहनेछ । पिताको स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ने दिन छ भने माताको सल्लाहले काम गर्दा लाभ मिल्ने छ । व्यवसायिक क्षेत्रमा सामान्य प्रयाशबाट पनि मनग्य लाभ मिल्न सक्छ । आजको दिनले धनलाभ र मुनाफा दिने छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थ्यको लागि प्रशस्त पानी पिउनु जरुरी छ । हातको बस्तु उधारो दिनु आज तपाईको लागि राम्रो हुनेछैन । आर्थिक लाभकालागि गरेको कामले घाटा हुने संभावना छ । स्वास्थ्यमा समस्या आउन सक्छ । आज सवारी र यात्रामा विशेष सतर्क हुनुपर्ने समय छ । अनावश्यक कार्यमा धनको क्षय हुनसक्छ ।

ज्योतिष भूषण भरतमणि आनन्द

 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
आज आईतवार तपाईको राशिफल
आजको राशिफल
आज बुधवारको राशिफल
आज सोमवार तपाईको राशिफल
तपाईको आजको राशिफल
आज बिहीवार तपाईको राशिफल

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal