P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

नारी दिवसमा पुरुषलाई प्याड वितरणः के गर्लान् त पुरुषले ती प्याड ?

फागुन २२, काठमाडौं ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा यस वर्ष पुरुष पदयात्रामा सहभागीहरुलाई प्याड (स्यानिटरी) वितरण गरिने भएको छ ।

महिला अधिकार राष्ट्रिय सवाल भएपनि महिलाले मात्र आवाज उठाउनुपर्ने प्रचलनको अन्त्य गर्दै केही गैरसरकारी संस्थाले तीन वर्षदेखि पुरुष पदयात्रा गर्दै आएका हुन ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज), फ्रिडम फोरम नेपाल र नेदरल्याण्डको फ्रि प्रेस अनलिमिटेडसहित बीसवटा संस्थाले संयुक्त रुपमा आगामी बिहीबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पुरुर्ष र्याली गर्दैछन । ‘महिला हिंसाविरुद्ध पुरुषको भुमिकालाई अझै जोड दिनलाई सहभागी सवै पुरुषलार्ई महिलाले महिनावारीमा लगाउने प्याड वितरण गरिने छ ।

यो प्याडलाइ पदयात्रामा सहभागीले आफ्ना दिदीवहिनी,साथी श्रीमती र आमालाई उपहारस्वरुप दिनेछन्।, पुरुषलाई प्याड नै किन? अभियानकर्ताले भनेका छन, ‘ महिनावारीलाई नितान्त व्यक्तिगत र गोप्य बिषय बनाइएको अवस्थामा यसको स्वच्छता प्रभावकारी नभएको र यसलाई लाजको विषय बनाइएकाले यस्तो प्रबृत्ति तोड्न प्याड वितरण गर्न लागिएको हो ।’

काठमाडौंको माइतीघर मण्डलाबाटसुरु हुर्ने याली भद्रकाली, शहिदगेट, वीर अस्पताल हुँदै रत्नपार्कको शान्तिवाटिका पुगेर टुंगिनेछ । पदयात्राको उद्घाटन संयुक्त राष्ट्रसंघका महासचिवको महिला हिंसा बिरुद्ध पुरुष सञ्जालका सदस्य तथा पुर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले गर्नेछन ।

पदयात्रापछि आयोजना हुने कार्यक्रममा कविता वाचन, छाउपडीसम्बन्धी नाटक पनि प्रदर्शन गरिनेछ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal