दरबारमार्गबाट शुक्रबार बिहान ३ बजे प्रहरीले खुकुरीसहित ५ जनालाई पक्राउ गरेको छ ।
मदिरा सेवन गरी सडकमा हाेहल्ला गर्दैगर्दा उनिहरू पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरी टोलीले शुक्रबार बिहान ३ बजे महेन्द्र शालिकबाट मोरङका सुवास पोखरेल, म्याग्दीका राजन हमाल, रुपन्देहीका निरज खत्री, मुगुका शिवराज बिसी र गुल्मीका सुरभ भण्डारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूकाे साथबाट एक थान खुकुरीसमेत बरामद भएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जनाएको छ ।