P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

आजसम्म शेयर किन्नेले सानिमा बैंकको प्रस्तावित लाभांश पाउने

  • प्रकाशीत मिती

    मंसिर १८, काठमाडौं ।

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मंसिर १९ गते बुक क्लोज गर्ने निर्णय गर्नेछ ।

त्यसकारण आज मंसिर १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

बैंकले आफ्नो १८औं वार्षिक साधारण सभा पुष ३ गते गर्ने भएको छ । बैंकले उक्त सभा अम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा गर्ने जनाएको छ । सभा विहान ११ बजे गर्नेछ । कम्पनीको मंसिर २ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ असार ३२ गतेको वासलात, नाफा नोक्सान, हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका प्रस्ताव पारित गर्नेछ ।

गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र ० दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै , सभाले नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा कुन फेरवदल तथा सैशोधन गर्नुपर्ने प्रस्ताव आएमा सोही बमोजिम प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

बैंकले अधिकृत पूँजी बृद्धि गरी १५ अर्ब पुर्याउने, तथा आर्थिक वर्ष २०७९/ ८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पािरत गर्ने जनाएको छ ।

त्यस्तै, सभाले सर्वसाधारण समुह ख बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ । कुनै बैक तथा वित्तीय संस्थामा प्राप्ती वा मर्जर गर्न आवश्यक सहमति गर्ने लगायत वित्तीय संस्थाहरु प्राप्ती गराउने सम्बन्धमा बैंकको नियम कानुन अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पुर्ण अख्तियार संचालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
काठमाडौँमा राष्ट्रिय ‘जलवायु सप्ताह आयोजना हुने’
नेपाल–भारत थिंक ट्यांक फोरम’ सम्पन्न
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान
अब अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागबाटै हुने
आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न
इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal