बंगला एयरलाइन्सकाे यस्ताे अाराेप, एटिसीको लापरवाहीका कारण विमान दुर्घटना भएको हाे !
शेयर गर्नुहोस् >>
प्रतिकृया दिनुहोस
संबन्धित समाचार








फागुन २९, काठमाडौं ।
नेपाल नागरिक उड्ड्यन प्राधिकरणले अवतरण असाधारण भएकाले विमान दुर्घटना भएको बताइरहदा युएस बंगला विमान कम्पनिले नागरिक उड्ड्यन प्राधिकरणलाई दोश दिदै ‘पाइलटलाई अलमल्याइएका कारण दुर्घटना’ हुन पुगेको निष्कर्ष निकालेको छ ।
विमान दुर्घटना हुनुमा त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटिसी)को लापरवाहीका कारण भएको युएस बंगला एयरलाइन्सले आरोप लगाएको हो ।
एटिसीबाट गलत सन्देश आएकाले यो विमान दुर्घटना भएको युएस बंगला एयरलाइन्सले प्रारम्भिक अनुसन्धानमा निकालेको छ । युएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इमरान असिफले ढाकामा पत्रकारहरुसँग कुरा गर्दै यो आरोप लगाएका हुन ।
एयरलाइन्सको मुख्य कार्यालय बरिधारमा पत्रकारहरुसँग कुरा गर्दा असिफ निकै आक्रोशित देखिन्थे । (एटिसी) ले हाम्रा पाइलटहरुलाई मिसगाइड गरेकाले यो दुर्घटना भएको हो,उनले भनेका छन । (एटिसी)ले गलत सुचना दिँदा हाम्रा पाइलटलाई विमान कुन रनवेमा अवतरण गर्ने भन्ने थाहा भएन ।
पाकिस्तानी मिडिया द डेली स्टारका अनुसार सिइओ असिफले विमानमा कुनै पनि प्राविधिक समस्या नरहेको जानकारी दिए । विमानमा कुनै प्राविधिक कमजोरी थिएन, उनले भनेका छन ।
एटिसीबाट भएको लापरवाहीका कारण दुर्घटना भएको हो । उनले विमानका पाइलट निकै अनुभवि भएको बताएका छन । हामी पाइलट बम्बार्डियर एयरक्राफ्टका प्रशिक्षक नै हुन उनले भनेका छन । उनको उडान घण्टा ५ हजारभन्दा बढी छ । यो एटिसीकै अन्योलले भएको दुर्घटना हो ।