P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

टी-ट्वान्टी लिग: सुपर ओभरमा लुम्बिनीको जित

  • प्रकाशीत मिती

    पुस १३, काठमाडौं ।

काठमाडौं । लुम्बिनी अल स्टारले नेपाल टी-ट्वान्टी लिगमा  फार वेस्ट युनाईटेडलाई सुपर ओभरमा पराजित गरेको छ ।

टियु मैदानमा फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा लुम्बिनी अल स्टारले पहिले ब्याटिङ गरेको थियो । लुम्बिनीका लागि लाहिरु मिलन्था र शाड्ली भान शाल्बिक ब्याटिङमा आएकामा फार वेस्टका लागि करण केसी बलिङमा आएका थिए । 

पहिलो दुई बल डट दिएकामा लाहिरु मिलान्थाले तेस्रो र चौथो बलमा दुई छक्का लगातार प्रहार गरे । 

पाँचौ बलमा मिलान्थाले तीन रन लिए । अन्तिम बलमा शाड्लीको नाममा तीन रन रह्यो । फार वेस्टले २० रनको लक्ष्य पायो ।

फार वेस्टका लागि हजमतुल्लाह शाहिदी र विनोद भण्डारी ब्याटिङमा आए । लुम्बिनीले बलिङमा किशोर महतोको प्रयोग गर्यो ।

पहिलो बलमा शाहिदीले छक्का प्रहार गरे । दोस्रो बलमा उनले कुनै रन बनाउँन सकेनन् । तेस्रो बलमा उनले १ रन लिए । 

स्ट्राईकमा विनोद भण्डारी आए । चौथो बलमा १ रन लिए । पाँचौ बलमा शाहिदीले १ तथा अन्तिम बलमा भण्डारीले १ रन लिए । प्रतियोगिताको पहिलो सुपर ओभर लुम्बिनीले ९ रनले जित्यो ।

जित सँगै लुम्बिनी ४ खेलमा जितका साथ अंक सहित पहिलो स्थानमा कायमै रहेको छ ।

हारसँगै फर वेस्ट अंकका साथ चौथो स्थानमा कायमै रहेको छ । 

फार वेस्ट यसै संस्कणको पहिलो भेटमा पनि लुम्बिनीसँगको खेलमा पराजित भएको थियो ।

यसै संस्करणको पहिलो भेटमा लुम्बिनीले फार वेस्टलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । 

डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने छ ।

यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।

इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहको छ ।

लिगमा काठमाडौं नाईट्स,फार वेस्ट युनाईटेड,लुम्बिनी अल स्टार,पोखरा एभेन्जर्स,विराटनगर सुपर किग्सं र जनकपुर रोयल्स सहभागी रहेका छन् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal