नेपाल बंगलादेश मेडिकल कलेज कल्याणकारी संस्थाकाे दिप प्रज्वलन तथा सोकसभा सम्पन्न
शेयर गर्नुहोस् >>
प्रतिकृया दिनुहोस
संबन्धित समाचार








युएस (बाङ्ला )एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु हुनेहरुको नेपाल बंगलादेश मेडिकल कलेज कल्याणकारी संस्थाले हिजो बेलुका दिप प्रज्वलन गरेर सोकसभा मनाएको छ ।
(बियस) २११ नंबरकाे विमान त्रिभुवनविमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामापरी चालक दलका सदस्यहरुसहित ५१ जनाको मृत्यु भएको थियो , जसमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक थिए ।
त्यसमध्य १२ जना जलालावाद राजिव रवैया मेडिकल कलेजका विद्यार्थिहरु रहेका थिए भने १ जना कामुधीनी मेडिकल कलेजका विद्यार्थी। उक्त १२ जना विद्यार्थिहरुका लागि नेपाल बंगलादेश मेडिकल कलेज कल्याणकारी संस्थाकोे आयोजनामा सोकसभा सहित दिप प्रजोलन गरेर समवेदना आदानप्रदान गरेको उक्त कलेज कल्याणकारी संस्था नेपालकाका अध्यक्ष रजनिस अधिकारीले सन्देश दैनिकलाई जानकारी दिए ।
बांग्लादेश मेडिकल कल्याण सोसाइटीले भन्यो- हामीले गहिरो दुखाइ भोग्नु परो दुर्भाग्यपूर्ण दुर्घटना भयो ।विमान दुर्घटनामा परी मृत्यू भएका विद्यार्थिहरुको दिबंगत आत्माको चिर शान्तिका लागि सोकसभा समेत गरेको छ ।
दुर्घटनामा परी मृत्यू भएका विद्यार्थिहरुका लागि बंगलादेश सरकारले तिन दिन सम्म कालो झण्डा सबै मेडिकल कलेजहरुमा राख्ने निर्णय समेत गरेकोे नेपाल बंगलादेश मेडिकल कलेज कल्याणकारी संस्थाका संयोजक रजनिस अधिकारीले जानकारी दिए ।