P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

रास्वपा दर्ता खारेजीको निर्णय कानुनअनुसार हुन्छ : प्रमुख निर्वाचन आयुक्त

  • प्रकाशीत मिती

    माघ २० , काठमाडौँ ।

कप्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दल दर्ता खारेजी गर्न माग गर्दै परेको निवेदनलाई कानुनले तोकेको क्षेत्राधिकारभित्र प्रवेश गरेर टुंगो लगाइने बताएका छन्।  

आयोगले शुक्रबार काठमाडौंमा पत्रकारहरूसँग गरेको निर्वाचन समीक्षा कार्यशालालाई सम्बोधन गर्दै उनले कुनै व्यक्तिले अर्को पार्टी खारेज गरी पाउँ भनेर निवेदन दिएकै भरमा निर्णय भने नहुने बताए।

रास्वपाको दर्ता खारेजको माग गर्दै युवराज सफलले केही दिन अघि निर्वाचन आयोगमा निवेदन दिएका थिए। सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता  नेपाली नदेखिएको भन्दै सांसद र उपप्रधान तथा गृहमन्त्री पद खारेज गरेसँगै दल दर्ता खारेजीका लागि पनि निवेदन दिएका थिए।  

दल दर्ता खारेजीको बारेमा स्पष्ट पार्दै प्रमुख आयुक्त थपलियाले राजनीतिक दल दर्ता खारेजीको  कानुन बमोजिम टुंग्याउनुपर्ने बताए। 

‘राजनीतिक दल दर्तासम्बन्धी ऐन र संविधानले कुनै व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिएको छैन,’ प्रमुख आयुक्त थपलियाले  भने, ‘राजनीतिक दल दर्तासम्बन्धी ऐनको दफा १२, १३ र संविधानको धारा २७० लाई हेर्नुस्। यी व्यवस्थाले कुनै पनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर निवेदन दिने अधिकार दिँदैन। यदि त्यो हुँदो हो त ‘क’ भन्ने पार्टी खारेज गरिपाउँ भनेर ‘ख’ भन्ने पार्टीको नेताले निवेदन दिएर हिँड्थ्यो होला नि। त्यसकारण त्यस्तो परिकल्पना गरिएन।’ 

त्यस्तो परिकल्पना नगरिनुमा दलीय प्रतिस्पर्धामा आउने दल देश र जनताप्रति प्रतिबद्ध छन् र उनीहरुले बुझाउनुपर्ने कागजात पनि तदनुरुप नै छन् भन्ने विश्वास गरिएको हुनसक्ने उनको दाबी छ। 

तर पनि आयोगमा परेका निवेदनलाई कानुनअनुसार समयमै निरुपण गर्नुपर्ने भएकाले निर्णय हुने उनले बताए। 

लामिछानलेसहितका व्यक्तिले मंसिर ४ गतेको निर्वाचन भन्दा केही अघि वैकल्पिक राजनीतिक दल बनाउने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गराएका थिए। लामिछाने चितवनबाट प्रतिनिधि सभाको उम्मेदबार हुँदै निर्वाचित पनि भएका थिए। तर संवैधानिक इजलासले उनले नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै नेपाली नागरिक नभएको ठहर गरेको थियो।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal