P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

अाज बिहिबार तपार्इकाे राशिफल

  • प्रकाशीत मिती

    चैत १,बिहिबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

तपाईको विचारले धेरैलाई आकर्षण गर्ने भएकोले प्रशंसकहरू बढ्नेछन् । तपाईको दिन सकारात्मक रुपले शुरु हुनेछ । दिन बौद्धिक खालको छ । पराक्रमी भइँदा सानै प्रयाश पनि सफल हुने समय छ । बोलीको प्रभावले काम गर्नेछ । स्वास्थ्यको कुरामा ख्याल गर्नु राम्रो हुनेछ । रोकिएका कामहरु बन्नेछन् ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

समय सकारात्मक छ । आजको दिन दीर्घकालीन व्यवसायले लाभ दिनेछ । नियमित काममा समय दिदाँ थप फाइदा मिल्ने देखिन्छ । आजको दिन नयाँ योजना र विचारसहित कार्य क्षेत्रमा आफूलाई समाहित गर्नु राम्रो हुनेछ । विशेष भेटघाट र व्यवसायिक योजनामा केन्द्रित हुनु राम्रो हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आजको दिन सोचेजस्तो लाभदायी नहुनसक्छ । तपाइका आफन्तहरुले असहयोग गर्न सक्छ । मनमा चिन्ताले सताउने संभावना छ । तपाइमा जोश जाँगरमा कमी आउने छ । तपाईको समय र काममा चिन्ताले स्थान लिन सक्छ । आज दुर्घटनाको खतरा समेत रहेकोले सचेत हुनु जरुरी छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आजको दिन कार्यक्षेत्रबाट हुने खालको छ । तपाइले आज लामो यात्रा गर्न सक्नुहुनेछ । यात्रामा जाँदा फाइदा नै होला । तपाईले आज गरेको यात्रा र नयाँ सकारात्मक कामहरु सफल हुनेछन् । विशेष काममा व्यस्त हुनु तपाइकालागि लाभदायी नै हुनेछ । साथीहरुको सल्लाह पनि तपाइकालागि लाभप्रद रहला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आजको दिन सामान्य हुनेछ । दिनभर उत्साहित भइनेछ । आज विशेष समारोह र भेलामा सहभागी हुने र कसैको दुखमा साथ दिने काममा सहभागी हुन सकिन्छ । साना साना कुरामा चिन्ताले सताउन सक्छ । हतारमा निर्णय गर्नेखालको दिन छैन । तपाइले विशेष सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आजको दिन गलत निर्णय गर्ने संभावना छ । आफ्नै निर्णयले तपाइको हातबाट धन गुम्ने संभावना छ । लगानी गर्नुभन्दा अघि विचार विवेकले काम लिनु राम्रो होला । आत्माको कुरामा विशेष ध्यान दिनुहोला । आफन्त बनेर धोका दिनेहरु तपाइलाई गलत निर्णय गराउने संभावना पनि देखिन्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आजको दिन राम्रै देखिन्छ । दिन सकारात्मक हुने संभावना देखिन्छ । आज तपाइले गरेका कामले फाइदा दिने भएकोले सोही अनुसार काम गर्नु बुद्धिमानी हुनेछ । खानपानमा विशेष ख्याल गर्नुहोला अन्यथा पेटमा गडबडी हुनसक्छ । आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आजको दिन नित्य कामभन्दा फरक काममा समय दिनुपर्ला । कसैलाई शिक्षा दिनमा तपाइको दिन बित्नेछ । परिवार र आफन्तलाई समय दिन नसक्दा मनमा खिन्नता भने आउने देखिन्छ । आजको दिन तपाईको लागि सामान्य सकारात्मक रहे पनि आमाको स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ने देखिन्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आजको दिन नयाँ नयाँ अवसर आउने संभावना छ । मनमा पराक्रमले सकारात्मक प्रभाव पार्ने देखिन्छ । सामाजिक काममा लाग्ने दिन छ । तपाईले कुनै प्रतिस्पर्धामा सहभागी हुने मौका पाउनु हुनेछ । समय र परिस्थिति अनुकूल निर्णयले तपाईलाई उत्साहित बनाउने छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

तपाईकालागि आजको दिन सुखका साधनमा ध्यान जानेछ । रमाइलो गर्दा दिन बितेको पत्तो नहुनसक्छ । सही ठाँउको लगानीले राम्रै प्रतिफल दिन सक्छ । रमाइलोमा समय वित्नेछ । तपाइलाई नयाँ विषयमा जानकारी हुने संभावना छ । तपाइले आज सिकेको कुरालाई व्यवहारमा उतार्दा फाइदा नै हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

आजको दिन सामान्य रहनेछ । दिनभर उत्साहित रहिने छ । लामो यात्रा र जोखिमपूर्ण कार्यमा ध्यान नदिएकै राम्रो हुनेछ । अग्रजको सल्लाहमा काम गर्नु र उचित परामर्श लिनु राम्रो हुनेछ । कुनै सभा सम्मेलनमा भाग लिने र भाषण गर्ने मौका मिल्न सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आजको दिन सामान्य रहला । विगत लामो समयदेखि सताइरहेको आर्थिक समस्याले पिरोल्ने छ । आज तपाइको अन्योल बढ्नेछ । जोश जाँगर अलि कम हुनेछ । भविष्यको कुनै नयाँ अवसर आएको अवस्थामा तपाइले त्यसलाई चिनेर अघि बढ्न सके त्यसले लाभ दिनेछ । समय सकारात्मक नहुन सक्छ ।
ज्योतिष भूषण भरतमणि आनन्द

 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
आज आईतवार तपाईको राशिफल
आजको राशिफल
आज बुधवारको राशिफल
आज सोमवार तपाईको राशिफल
तपाईको आजको राशिफल
आज बिहीवार तपाईको राशिफल

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal