P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सक अब निजी क्लिनिकमा संलग्न हुन नपाउने

  • प्रकाशीत मिती

    चैत १७ , काठमाडौँ ।

काठमाडौं । सरकारी अस्पतालहरुमा कार्यरत चिकित्सकहरुले अब निजी क्लिनिकमा संलग्न हुन नपाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी क्लिनिकमा संलग्न चिकित्सकहरुलाई आफ्नो नाम हटाउन निर्देशन दिएको छ ।

मन्त्रालयले सूचना जारी गरी निजी क्लिनिकहरुबाट नाम हटाउन चिकित्सकहरुलाई निर्देशन दिँदै अटेर गरे कारबाही गर्ने चेतावनी दिएको हो ।

नेपालमा निजी क्लिनिकहरूले नाम चलेका सरकारी अस्पतालमा कार्यरत डाक्टरका नाम राखेर क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरू मध्ये केहीको नाम विभिन्न निजी क्लिनिकहरुमा प्रयोग भईरहेको पाइएको भन्दै मन्त्रालयले त्यस विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, तथा नियमावली, २०५५, जनस्वास्थ्य सेवा ऐन २०७६ तथा नियमावली, २०७७, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० तथा नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को नियम २२ को आचारसंहिता उल्ल्घंन हुने गरी कुनै पनि चिकित्सकले निजी क्लिनिकमा आफ्नो नाम प्रकाशित गर्न नपाइने पनि मन्त्रालयले स्मरण गराएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal