P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

प्रधानमन्त्री गृहकार्यमाः अाजै हाेला त मन्त्रिपरिषद् विस्तार ?

चैत्र २, काठमाडौं ।
प्रधानमन्त्री नियुक्त भएको एक महिना पछि केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरेका छन । मन्त्रिपरिषद् विस्तारको बिषयलाई लिएर प्रधानमन्त्री ओलीले बिहीवार साँझ एमालेका शीर्ष नेताहरुसँग परामर्श गरेका थिए ।

संघीय समाजवादी फोरम र राजपालाई समेत सरकारमा सहभागि गराउने प्रयासका कारण मन्त्रिपरिष्द विस्तारमा ढिलाइ भएको छ । फोरमले सरकारमा सहभागि हुने निर्णय गरिसकेको छ भने राजपाले सकारात्मक संकेत दिएको छ ।

माओवादीसँगको भागवण्डामा एमालेको भागमा १० मन्त्रालय परेको थियो । चार जनाले शपथ लिइसकेका छन । बाँकी रहेका ६ मध्ये दुई संघीय समाजवादी फोरमलाई दिने सहमति भएको छ भने सूर्य चिह्नवाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका हृदयश त्रिपाठीलाई एक मन्त्रालय दिने एमालेको तयारी छ ।

एमालेसंग तीनवटा विभागिय र एउटा विना विभागिय मन्त्रालय रहने छन । प्रधानमन्त्री कार्यालय अन्तरगत रहने शक्तिशाली मन्त्रालयमा कसलाई लैजाने भन्नेमा सहमति जुटन नसकेको एमाले स्रोतले बतायो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । माओवादीले आफ्नो तर्फबाट मन्त्री बन्नेको नाम टुंगो लगाइसकेको छ । मन्त्रिपरिषद् विस्तारको बिषयमा प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पटक पटक छलफल भइसकेको छ ।

प्रचण्डले प्रधानमन्त्री समक्ष आफ्नो पार्टीका मन्त्रीलाई मात्र भएपनि शपथ गराउन आग्रह गरेको माओवादी स्रोतले बतायो ।

माओवादीको तर्फबाट वर्षमान पुन, शक्ति बस्नेत, जनादर्शन शर्मा, गिरिराजमणि पोखरेल र विना मगर मन्त्री बन्ने लगभग पक्का भएको छ । बिहीवार बसेको माओवादीका शीर्ष नेताहरुको बैठकले मन्त्रीको नाम टुंगो लगाएको हो । माओवादीले उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुनलाई नै दोहोर्याउने निर्णय गरेको छ ।

मन्त्रीका आकाक्षी धेरै भएपछि एमालेले टुंगो लगाउन सकेको छैन । मन्त्रालयको संख्या बढाउने विकल्प वारेसमेत छलफल भइरहेको स्रोतले बतायो ।

मन्त्री बन्न नपाएकालाई राज्यमन्त्री, संसदीय समितिको सभापति र प्रमुख सचेतक बनाउने आश्वासन दुवै दलका नेताहरुले दिएका छन । संसदीय समितिको सभापतिको हैसियत राज्यमन्त्री सरह हुन्छ ।

गत फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले फागुन २७ मा विश्वासको मत लिएका थिए । प्रधानमन्त्री बनेको दिन दुइ र पछि चार गरी ६ जनालाई ओलीले मन्त्री बनाइसकेका छन ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal