त्रिवि अन्तर्गतका सबै आंगिक क्याम्पसमा शुक्रवार बिदा
चैत्र २, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले पूर्व उपकुलपति डा गोविन्द प्रसाद शर्माको निधनमा शोक मनाउन शुक्रवार देशभरका आंगिक क्याम्पसमा बिदा दिएको छ । उहाँको रुसको सेन्ट पिटर्स बर्गमा कलेजोको शल्यक्रियापछि गए राति ७५ वर्षका उमेरमा निधन भएको हो । विसं २०५९ मा उपकुलपति हुनुभएका डा शर्माको शव हिजो काठमाडौँ ल्याई त्रिवि स्मृति भवनमा शोकसभा गरिएपछि शुक्रवार का लागि बिदा दिइएको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो । शर्माले वीर अस्पताल तथा काठमाडौं मेडिकल कलेजको प्रमुख कार्यकारी अधिकृत रहेर पनि काम गर्नुभएको थियो । रजिष्ट्रार उप्रेतीका अनुसार पूर्वघोषित परीक्षाका कार्यक्रम भने यथावत् रहनेछ ।