P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

अाज घोडेजात्राः काठमाडौँ उपत्यकामा यसरी मनार्इदै

चैत ३, काठमाडौं ।
प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत पिशाचलगायतका नकारात्मक तत्वले दुःख नदियोस भनी मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ ।
यो उत्सव सम्पन्न गराउनु पूर्व वसन्तपुरको कुमारी घरबाट जीवित देवी कुमारीलाई घोडामा राखी टुँडिखेलको सैनिक मञ्चमा ल्याइ सम्मानपूर्वक देवीलाई सेनाबाट सलामी चढाइन्छ ।
परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत पिशाच नामका कु तत्वले दुःख दिने गर्थे । यी तत्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका दिन केही मनपर्ने कुरा दिएर बुझाइने भएकाले औँसीको अघिल्लो दिनलाई पिशाच चतुर्दशी भनिएको हो ।
चैत कृष्ण चतुर्दशीका दिन भूत, प्रेत र पिशाचलाई बुझाइने र नजानेलाई औँसीका दिन घोडाको टापले कुल्चिएर भगाउने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
किचकन्या, मुर्कट्टा आदि नामका नकारात्मक तत्वले विशेषगरी बालबालिकालाई दुःख नदिऊन् भन्ने ध्येयले सहरभर घोडा कुदाउने गरिन्थ्यो, घना बस्ती विस्तार भएपछि हाल टुँडिखेलमा मात्र कुदाउन थालिएको बताइन्छ।
ुयहाँ दौडिने घोडाको टापले दुष्ट तत्त्वलाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छु, संस्कृतिका ज्ञाता पं।बालमुकुन्द देवकोटा भन्छन्, आगामी वर्ष मंगलकारी होस् भन्ने कामनाले यो जात्रा गरिन्छ।
ु घोडेजात्राका अवसरमा सेनाले अश्वकला देखाउने परम्परा भने राणा प्रधानमन्त्री जुद्ध शमशेरले शुरु गरेको बताइन्छ। यो पर्वका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा आजका दिन सार्वजनिक बिदासमेत दिने गर्छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal