P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

नयाँ कथाको लागि पनि घर पुग्दैछन खगेन्द्र लामिछाने

चैत ४, काठमाडौं ।

थियटर हुदै फिल्ममा भित्रिएका कलाकार हुन् खगेन्द्र लामिछाने । डेब्यु फिल्म ‘बधशाला’ मार्फत चर्चामा नआएता पनि दोस्रो फिल्म ‘टल्क जंग भर्सेस टुल्के’ ले उनलाई फिल्मकर्मी माझ मात्र नभई दर्शकसम्म नै परिचय स्थापित गरायो । त्यसपछी टुल्केको उपनाम समेत पाएका खगेन्द्रले एक किसिमको दर्शकलाई आफ्नो फ्यान बनाउन सफल भए ।

आफ्नो ब्यानरमा निर्मित फिल्ममा अभिनय गर्ने क्रममा पशुपति प्रसाद प्रदर्शनमा आयो । फिल्मको सार्वजनिक प्रचारप्रसार सामाग्रीले जति चर्चा पाएको थियो , त्यो भन्दा बढी फिल्मलाई रुचाईयो । ‘वर्ड अफ माउथ’ कै कारण फिल्म सफल हुदै गयो । यिनै खगेन्द्रले त्यसपछी अभिनय गरेको फिल्म ‘धनपति’ ले भने त्यो अनुरुपको सफलता पाउन सकेन ।

 

यी सम्पूर्णमा फिल्ममा लेखन उनके रहेको छ , बधशाला बाहेक । उनि आफ्नै कथामा प्रस्तुत हुन् रुचाउछन , उनको रुचाइलाई दर्शकले पनि रुचाइरहेका छन् । त्यसो त पछिल्लो फिल्म ‘जय भोले’ को घोषणा कार्यक्रममा उनले आफु भन्दा राम्रो कथा लेख्ने भेटे लेख्न छाड्ने बताएका थिए । ‘अरुको कथामा काम नगर्ने भन्ने होइन , तर मलाइ बुझेर कथा लेखिदिनुपर्छ भन्ने हो’ उनले भने । यिनै खगेन्द्र आफ्नो लेखनको समयमा घर स्याङ्गजा पुग्ने गरेका छन् । ‘अधिकाँस कथाको लेखनको समयमा घर पुग्ने गरेको छु’ खगेन्द्र भन्छन ‘म शान्त वातवरणमा लेख्न रुचाउछु , त्यसैले घर पुग्छु ।’

कथाको अन्त्य त्यहाँ नभएपनि सुरुवात भने घरबाटै हुने गरेको उनले बताए । यिनै खगेन्द्र अब नयाँ कथाको लागि पनि घर पुग्दैछन । ‘आफ्नै ब्यानरमा बन्ने नयाँ फिल्मको कथा लेख्दैछु’ उनि भन्छन ‘ चैत्रको मध्ये तीर एक पटक घर पुगेर बाकि रहेका प्रोब्लमलाई सकाउछु ।’ तर उनि छायाँकनमा भने दसैँ तिहार सकाएर मात्र जाने सोचमा छन् । ‘अहिले डमरुको डण्डीबियोको काम छ भने त्यसपछी आफ्नै कथाको काम सकाएर जय भोलेमा व्यस्त हुन्छु’ खगेन्द्र भन्छन ‘अहिले कथाको काम मात्र भईरहेको छ , बैशाखपछी टिम तयार हुन्छ ।’

थियटरमा निर्देशक बनिसकेका खगेन्द्रले आफ्नो नयाँ प्रोजेक्टलाई कतै आफै त निर्देशन गर्दैछनन् , यसको चर्चा पनि चल्न थालेको छ । तर उनले यस विषयमा अहिले केहि नसोचेको बताए । ‘अहिले कथामै केन्द्रित छु , बाकि काम के हुन्छ हेरौ’ उनले भने । उनि अभिनित तथा लिखित फिल्म ‘डमरुको डण्डीबियो’ आउदो बैशाख २१ मा रिलिज हुदैछ । फिल्मका निर्देशक स्क्रिप्ट राइटर छेतेन गुरुङ हुन् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal