P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

प्रदेश युवा परिषद् बागमतीले गर्यो विभिन्न सीपमुलक तालिमका लागि आवेदन फाराम खुल्ला

  • प्रकाशीत मिती

    बैशाख ५, काठमाडौँ ।

प्रदेश युवा परिषद् बागमतीले विभिन्न सीपमुलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको छ ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिती काठमाडौंले विभिन्न क्षेत्रको सीपमुलक तालिमका लागि आवेदन फाराम खुल्ला गरेको हो ।

वेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु सिर्जना गर्न युवालक्षित आवेदन फारम खुल्ला गरेको जिल्ला युवा समिति काठमाडौंका अध्यक्ष रुपा थापा मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार इमेल, इन्टरनेटको पहुँच नपुगेका ठाउँबाट समितिले तोकेको फाराममा आफ्नो व्यक्तिगत विवरण भरी आवश्यक कागजातसहित एक हप्ताभित्र कलङ्की स्थित जिल्ला युवा समिति काठमाडौंको कार्यालयमा फाराम बुझाउनुपर्नेछ ।

फाराम समितिको कार्यालयबाट पनि उपलब्ध हुनेछ । त्यस्तै अनलाइन फर्ममार्फत आवेदन दिनको लागि https://forms.gle/ytvfwuiJ1Whw5NLeA मार्फत दिन सकिनेछ । सो तालिम बागमती प्रदेशका १३ वटै जिल्लाहरूमा निशुल्क सञ्चालन हुनेछ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
भोटेकोशी बाढीका कारण नारायणगढ–काठमाडौं सडकमा सबै सवारी आवागमन बन्द
काँकडभिट्टाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात
पियोर इनर्जीको शेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?
इन्डो नेपाल सिएसआर समिट काठमाडौंमा सम्पन्न
बैंक नोटबाहेक छपाईका सबै काम नेपालमै सुरु : सञ्चारमन्त्री गुरुङ
एनआरएनएभित्र राजनीति नगरिदिनुस् : परराष्ट्रमन्त्री राणा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal