P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

अाज साेमबार तपार्इकाे राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आज तपाईको मन कमजोर हुनेछ । शरीरमा समस्या देखिनसक्छ । दिन दिक्दारीले वाक्क पार्ने छ । व्यवसायिक क्षेत्रमा समस्या आउन सक्छ । विवाद र तनावबाट दिन समस्याग्रस्त रहनसक्छ । समय जति चुनौतिपूर्ण रहे पनि आत्मबल भने कमजोर हुनेछैन । तपाईको लगाव र परिश्रममा कमी आउनेछैन ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आज तपाईलाई आकस्मिक धनलाभका कारण मनमा आँट र हिम्मत बढ्ने समय छ । लामो यात्राको विषयमा चर्चा हुनेछ । अत्याधिक हिम्मत देखाउने तपाईको प्रवृत्तिले साथीभाईहरु रुष्ट हुनसक्छन् । भाग्यले साथ दिएको छ । नोकरी र व्यवसायकालागि दिन उत्तम रहेकोले व्यवसायिक कार्यमा लाग्नु राम्रो हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

आज तपाईको कर्मस्थानको चन्द्रका कारण व्यवसायिक क्षेत्रमा नयाँपन आउनेछ । कर्मस्थानको चन्द्रमाले तपाईको प्रस्तुति उत्तम रहनेछ । तपाईको पार्टनर र सहकर्मीको व्यवहारमा कुटिलता देखिनसक्छ । दिन अत्याधिक श्रमका कारण शारीरिक थकान आउने संभावना छ । मनमा उत्साह कायमै रहनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज तपाईको दिन सामान्यतया सकारात्मक नै देखिन्छ । सामाजिक कार्यमा सहभागी भइने छ । आज धर्मकर्ममा विशेष मन जानेछ । बुद्धिले उचित काम नगर्दा काममा समस्या आउन सक्छ । समाजमा घमण्डी भइनेछ खतरा रहेकोले सचेत रहनु होला । अबैध आयको चेष्टा पलाउने छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आज अरुका सामु उत्कृष्ट बुद्धिको सावित हुने प्रयत्नमा सफल भइनेछ । मनमा अनेक चिन्ताले सताउनेछ । शत्रु विजयी भइने संभावना छ भने आज तपाईका आफन्तसँग अलग भइने संभावना छ । आफ्नै बुद्धिले धन खर्च हुनसक्छ । अनावश्यक खर्चमा नियन्त्रण गर्नु बुद्धिमानी हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आज तपाईले अत्याधिक सुखको खोजीका लागि समय र धन खर्च गर्नुहुनेछ । तपाईको धन जीवनसाथीको नियन्त्रणमा रहने देखिन्छ । आज तपाईले जीवन साथीकालागि धन खर्च गर्नुपर्ने देखिन्छ । राम्रो पक्ष जीवनसाथीको लोभि व्यवहारले तपाईको धनको क्षयमा कमी आउने भएको दिनलाई सकारात्मक मान्न सकिन्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आज आनन्दको खोजी तपाईको चिन्तन बनेको छ । साथ र संगतमा नकारात्मक व्यक्तिहरुको उपस्थितिले तपाईलाई चिन्तित बनाइरहेको छ । तपाईको हिम्मत र आँट देखेर तपाईका आफन्तहरु अत्तालिने अवस्था छ । तर पनि तपाईको उत्कृष्टताले खासै महत्व राख्ने अवस्था छैन । तपाईका सामू अरु नै पुरस्कृत हुँदा मनमा खिन्नता आउने छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

आज चञ्चल मन र अत्याधिक हिम्मतले तपाईलाई अनावश्यक हौसाइरहेको अवस्था छ । आफूमा भएको साहसले घमण्ड नपलाउला भन्न सकिन्न । आत्मविश्वास र काममा पाएको सफलताले मनमा अहंकार पलाउन सक्छ सावधान रहनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढा, भे

आज तपाईलाई काम र कर्मले साथ दिएको छ । पराक्रमी भइनेछ । दीर्घकालीन लाभको क्षेत्रमा काम गर्ने मौका मिल्नेछ । आफूले गरेका काममा सफलता मिल्ने दिन छ । कर्ममा विश्वास गरेर आफूलाई कार्यक्षेत्रमा लगाउनु राम्रो हुनेछ । दीर्घकालीन लगानीको अवसर आउनसक्छ । सानोतिनो यात्रा संभव छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आजको दिन सामान्य रुपमा बित्नेछ । तपाईले आज संयम भएर अघि बढ्नु पर्ने दिन छ । आफूलाई राम्रो सावित गर्न खोज्दा कतै न कतै बाधा आउनसक्छ । पराक्रम र बृद्धिले साथ दिएको छ । शारिरीक सौन्दर्यतमा मन केन्द्रित हुनसक्छ । दिन सामान्य उपलब्धीमूलक रहला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

धनस्थानमा रहेको बुघ र शुक्रले धनागममा सकारात्मक भूमिका खेलेकाछन् । धनस्थानमा चन्द्रमा तथा कर्मस्थानको गुरु तथा लाभस्थानको मंगलका कारण उत्तम योगले दिन अतिउत्तम बनाइरहेको छ । आज तपाईको बुद्धिका कारण धनार्जन हुने संभावना छ । जसरी पनि लाभ मिल्ने यो अवसरमा तपाईको कर्ममा निर्भर रहने हुँदा उत्कृष्ट कार्य र दीर्घकालीन लाभको योजना साकार पार्नतिर जुट्नु बुद्धिमानी हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आज लग्नस्थ चन्द्रले तपाईलाई शालिन, सौम्य र आकर्षक बनाइरहेको छ । धनको मालिक कर्मस्थानमा रहेको यो अवस्थामा दीर्घकालीन योजनालाई अघि बढाृउन सके लाभदायी रहने छ ।सचेत भएर आफूलाई सक्रिय बनाउनु जरुरी छ । समय सकारात्मक रहनेछ ।

ज्योतिष भूषण भरतमणि आनन्द

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
आज आईतवार तपाईको राशिफल
आजको राशिफल
आज बुधवारको राशिफल
आज सोमवार तपाईको राशिफल
तपाईको आजको राशिफल
आज बिहीवार तपाईको राशिफल

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal