काठमाडौं । अपाङ्गता अधिकार र विकासकालागी कृयाशिल गैरसरकारी संस्था एड्राड नेपालले ८४ जना दृष्टिबिहिनलाई अत्याधुनिक प्रविधिको एन्ड्रोइड फोन वितरण गरेको छ ।आइतबार राजधानिमा आयोजित एक कार्यक्रममा एड्राडले विभिन्न स्कुलका दृष्टिविहिन विद्यार्थिलाई मोवाइल वितरण गरेको हो ।
दृष्टिविहिन विद्यार्थीहरूलाई प्रविधिसगँ नजिक गराउँन र किताबी ज्ञानलाई मोवाइलको माध्यमद्धारा नै सिक्न सक्ने बातावरण बनाउँन यो फोनको वितरण गरिएको एड्राडको भनाई छ । यस्ता विद्यार्थीहरूको पढाईमा क्षमता अभिबृद्धि गर्न यसको महत्वपूर्ण योगदान रहने देखिन्छ । कार्यक्रममा बोल्दै एड्राडका संस्थापक अध्यक्ष विरेन्दराज पोख्रेल ले भन्छन ‘दृष्टिविहिनले पनि मोवाइल चलाउन र त्यसबाट पढ्न सक्दैनन भन्ने सामजिक भ्रम अझै रहेकोले यसलाई अन्त्य गर्न यो अभियान थाल्नु जरूरी रहेको जानकारी दिए छन् ।’
उनले भने यो मोवाइल मा एड्राडले नै विशेष किसिमको एप डाउलोड गर्नुका साथै आफैले सिमकार्ड उपलब्ध गराएको कारण धेरै फाईदा रहेका छन्।यसमा बिशेष किसिमको वबसाइट राखिएको हुनाले विद्यार्थीले जहा र जुुनसुकै स्थानबाटपनि हरेक कुरा पढ्न सक्ने छन् । एड्राडले उपलब्ध गराएको फोनमा विद्यार्थीहरूले जतिनै डाटा चलाएपनि पैसा खर्च नुहने व्यववस्था रहेको छ । त्यस्तै हरेक कक्षा को विद्यार्थीका लागी किताब अनुसारको पाठ्यक्रम डाउनलोड गरिएको एप भएकाले जहाँ र जुनसुकै बेलापनि उनीहरूले अध्ययन गर्न सक्ने छन । त्यस्तै उनीहरूले पाएको मोवाइल आत्मसुरक्षा कसरी गर्ने भन्ने विषयको समेत छुट्टै जानकारीदिने एप डाउनलोड गरिएको छ ।
दृष्टिविहिनहरूलाई एन्ड्रोइड मोवाइल वितरण नेपालमा पहिलो पटक एड्राडले गरेको अध्यक्ष पोख्रेलले बताए । जसलाई यो मोवाइल उपलब्ध गराईएको उसले उपयोग नगरी अन्य ब्यक्तिलाई दिएको पाएको खण्डमा एड्राड ले मोवाइल फिर्ता लिने जानकारी दिएको छ । यदि मोवाइल विग्रीएमा एपहरू डिलिट भएमा एड्राडले नै मर्मत गरिदिने समेत सुविधा उपल्बध गराएको छ । हाल सम्म एड्राडले तीन प्रदेशमा मोवाइल वितरण गरिसकेको छ । प्रदेश नंम्बर १ मा ५५ वटा प्रदेश नं ४ मा ७२ वटा र आज प्रदेश नं ३ मा ८४ वटा वितरण गरेको छ । त्यस्तैगरी ५,२ नम्बर प्रदेशमा छिट्टै बाड्ने तयारी भईरहेको छ ।
५ नम्बर प्रदेशको लागी ४५ वटा र २ नम्बरको लागी ७ वटा छुट्याएको एड्राडले जानकारी दिएको छ ।
दृष्टि विहिन विद्यार्थीहरूपनि अन्य विद्यार्थी जस्तै सक्षम र कुशल बनाउने उदेश्यका साथ थालिएको यो अभियानमा सरकारले कुनै साथ नदिएको एड्राडका अध्यक्ष पोख्रेल बताउँछन् । यदि सरकाले थोरैपनि सहयोग गर्ने हो भने नेपाल भरीका दृष्टिविहिन बिद्यार्थीका धेरै समस्या समधान गर्न उड्राड सधै लागी पर्ने उनको भनाई छ ।