P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

बुर्तिवाङमा यात्रु बाहक बस दुर्घटना हुंदा १ काे मृत्यु १० घाईते

चैत ६, बुटवल ।बुटवलबाट बुर्तिवाङ आउँदै गरेको यात्रु बाहक रात्रि बस दुर्घटना भएको छ ।
लु १ ख ७४३९ नंबरको यात्रुबाहक रात्रिवस मंगलबार विहान ४ बजेर १५ मिनेट जाँदा बुर्तिवाङ नगरपालिका १ खप्तरीवाङ गरगरेदेखी २५ मिटर तल बडीगाड खोलामा खसेर दुर्घटना भएको एक प्रत्यक्षदर्शिले बताए।

‘म अघिल्लो गाडीमा थिएँ, पछीपछी आएको उक्त यात्रुबाहक बस एक्कासी बडीगाड खोलामा खसेको आवाज आयो, उनले भने, बसमा यात्रा गरिरहेकी एक बृद्ध महिला सम्पर्कमा छैनन अन्य करीब १५ जना जती यात्रुहरुलाई उद्धार गरी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुराएर उपचार भैरहेको छ ’उनले भने ।

दुर्घटनामा एक महिलाकाे मृत्यू र चालकदलसहित  १० जना घाईते भएका छन् ।

‘१७ जना सवार सो रात्रिबसमा एक महिलाको शव दुर्घटनास्थल देखी करीब २ सय मिटर तल बडीगाड खोेलामा भेटिएको र चालकदलसहित अन्य १० जनाघाईतेहरुलाई ईलाका प्रहरी कार्यालयको भ्यानमा राखी बुर्तिबाङ प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याई सकिएको’ ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले जानाकारी दिए ।

घाईत यात्रुहरु मध्य एक जनाको शिरमा चोट लागेको उनले बताए ।
उता बुर्तिवाङ स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी रितु पौडेलका अनुसार घाईतेहरु मध्य दुईजनाको अवस्था केहि नराम्रो देखिएपनि अन्यको अवस्था सामान्य रहेको छ । उपचारार्थ स्वास्थ्य केन्द्रमा रहेका अधिकाँश यात्रुहरुले बस ड्राईभरले नचलाएर कण्डक्टरले चलाएको बताएका छन ।बेपत्ता महिलाको शव दुर्घटनास्थल देखी करीब २ सय मिटर तल बडीगाड खोेलामा भेटिएको प्रहरीले जानकारी दिएकोछ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal